ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै
विश्व दृष्टि दिवस

‘आँखा नै संसार, आँखाको सुरक्षा गरौँ ’ 

२३ आश्विन २०८२, बिहीबार
२३ आश्विन २०८२, बिहीबार

‘तिम्रो आँखालाई माया गर’ भन्ने नाराका साथ विश्व दृष्टि दिवस आज नेपालमा पनि मनाईदै छ । मानव जीवनका लागि सबैभन्दा ठुलो संसार उसको आँखा हो । आँखा अर्थात् दृष्टि छ त संसार छ । यदि दृष्टि छैन भने संसार फिक्का र उजाड अनि अँध्यारो हुनेछ ।

त्यसैले भनिएको छ–आँखा मानव जीवनको सर्वाधिक महत्त्वपूर्ण अङ्ग हो । आँखा छ र त दृष्टि छ । आँखा नै नभएको भए दृष्टि सम्भव हुने थिएन । तसर्थ दृष्टि दिवसको नारा नै तिम्रो आँखालाई माया गर राखिएको छ । यो नाराले सिङ्गो संसार बोकेको छ । यो नाराभित्र विश्व अडिएको छ ।

किनभने आँखामै विश्व छ । मानव जीवनको संसार भनेकै दृष्टि नै हो । दृष्टि नै छैन भने सारा संसार अन्धकारमय हुन्छ । तसर्थ आँखाको सुरक्षा सबैभन्दा महत्त्वपुर्ण छ । दृष्टि गुमाउनेहरूलाई थाहा छ– दृष्टिको महत्त्व कति छ भन्ने ।

तसर्थ आँखाको सुरक्षा सर्वाधिक महत्त्वपूर्ण छ र यो चुनौतीको विषय पनि हो । खासगरि कामको दौरानमा हामी सबैले आफ्नो आँखाको सुरक्षा गर्नु सबैभन्दा महत्त्वपूर्ण कर्तव्य हो । एक तथ्याङ्क अनुसार विश्वमा अहिले करिब ३ करोड ६० हजार मानिसहरू दृष्टिविहीन छन् भने २ अरब ४६ करोड हाराहारी मानिसहरू कम दृष्टि या गहिरो प्रकृतिको दृष्टिजन्य समस्याबाट प्रभावित छन् ।

स्मरण रहोस्, विश्वभरि नै कूल दृष्टिविहीन जनसङ्ख्याको ९० प्रतिशत बढी जनसङ्ख्या न्यून आयस्रोत भएका र आर्थिक रूपमा विपन्न परिवारमा बस्छन् । विश्वभरि दृष्टिविहीन जनसङ्ख्यामध्ये बालबालिकाको सङ्ख्या भने १ करोड ९० लाखको हाराहारीमा छ ।

दृष्टि अनि त्यसको स्वस्थ उपचार आजको विश्वका लागि ठुलै चुनौती भएको छ । यस्तै मुद्दाहरूका बारे जनजागरण फैलाउने, पैरवी गर्ने अनि नेत्र दान जस्ता गहन अनि पुण्य दानका बारेमा अभिप्रेरित गर्ने अभिप्रायले दृष्टि दिवस मनाउने गरिएको छ ।

दृष्टि दिवसकै अवसरमा नेपालमा विभिन्न कार्यक्रम आयोजना हुँदै छन् । ती कार्यक्रमको प्रभावकारितामा जोड दिनु जरुरी छ ।  नेपालमा धेरै पहिलेदेखि दृष्टिविहीनहरूको सुरक्षाको सवाल तथा उनीहरूको हकहितका लागि विभिन्न सङ्घ संस्थाहरूले काम गर्दै आएका छन् ।

यो ठुलो मानवीय सेवा पनि हो । यद्यपि स्वदेशी तथा विदेशी एनजिओ आईएनजीओहरूलाई हेर्ने दृष्टिकोण त्यति राम्रो छैन तर उनीहरूले केही यस्ता महत्त्वपूर्ण काम गरिरहेका छन्, जसको तारिफ नगरिरहन सकिदैन् ।

विदेशी संस्थाहरूले नेपालमा रहेका दृष्टिविहीनहरूको हक अधिकारका सवालमा धेरै काम गर्दै आएका छन् । दृष्टिविहीनहरूलाई सक्षम बनाउने, उनीहरूको जीविकोपार्जनमा सघाउ पु¥याउने, रोजगारीमा जोडन सहयोग तथा उनीहरूलाई आत्मनिर्भर वनाउन ठुलो लगानी हुँदै आएको छ ।

त्यो मानेमा विदेशी आईएनजीओहरू प्रति धन्यबाट दिनुपर्दछ । भात खानेले हात चाट्छ भनेजस्तै काम गर्नेले केही तलमाथि गर्छन्, त्यसलाई संवेदनशील विषयको अर्थमा अस्वाभाविक मान्न सकिदैन् ।

अव आगामी दिनहरूमा आँखाको सुरक्षातर्फ ध्यान दिनु जरुरी छ । जन्मिँदा सद्दे भएका आँखा पछि बिग्रेर अन्धो हुने अवस्था पनि आएको हाम्रै समाजमा प्रशस्त उदाहरण छन् । तसर्थ आँखा स्वास्थ्यमा ख्याल गर्नु अबको अपरिहार्यता हो ।

आँखा सुरक्षामा हाम्रो सुनौलो भविष्यको उज्यालो जोडिएको छ । अतः आँखा सुरक्षामा चनाखो भएर दृष्टि बलियो बनाऔँ । खुसीको कुरा के हो भने नेपाल आँखा उपचारमा दक्षिण एसियाकै नमुना देश हो । नेपालमै आँखाको प्रभावकारी उपचार व्यवस्था छ ।

तसर्थ दिवसकै अवसरमा आँखा सुरक्षामा ध्यान दिनु जरुरी छ । खासगरि सरकार, विभिन्न सामाजिक सङ्घ संस्था, समाज र परिवारले यो वर्षको नाराले लिएको सन्देश जस्तै आँखालाई माया गरौँ । आँखामै हाम्रो संसार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?