ट्रेंडिंग:

>> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै

सिंहदरबार जलाउने जोसुकै भएपनि कारबाही हुनुपर्छ: रक्षा बम

२३ आश्विन २०८२, बिहीबार
२३ आश्विन २०८२, बिहीबार

काठमान्डौ, २३ असोज ।

जेनजी अगुवा रक्षा बमले आन्दोलनका क्रममा सिंहदरबार जलाएको निष्कर्षमा पुग्ने जोसुकै भएपनि सो घटनामा कारबाही हुनुपर्ने बताएकी छिन् । बुधबार एक सन्देश जारी गर्दै उनले सिंहदरबारअगाडि खिचिएको भिउ–फोटोको सन्दर्भ स्पष्ट पारेकी हुन् ।

‘मेरो एउटा फोटो जुन सिंहदरबार अगाडि मैले खिचेको थिएँ, त्यो सेप्टेम्बर ९ को फोटो थियो’ उनले भनिन्, ‘त्यो पनि सामाजिक संजालमा भाइरल भइरहेको छ । त्यो फोटो सम्बन्धी पनि यहाँहरूलाई धेरै प्रश्नहरू छन् ।’

सेप्टेम्बर ८ मा आफूहरूसँग भएको व्यवहारप्रति आक्रोश लिएर सेप्टेम्बर ९ मा आन्दोलनमा उत्रिएको र सोही क्रममा उनले सिंहदरबारअगाडि फोटो राखेको हो उनले उल्लेख गरिन । बमका अनुसार त्यो तस्बिर ‘जितको खुसी’ मात्र थियो र त्यसपछि पोष्ट गरिएको फोटो पुरानो हो ।

बमले थपेकी छन्, ‘सिंहदरबार एउटा हाम्रो राज्यको प्रतीक भएको हिसाबले एउटा बिम्ब स्वरूप मैले हामीले जित्यौं भनेर जितको खुशी मनाएर त्यहाँनिर फोटो राखेको थिएँ। त्योभन्दा बाहेक त्यो फोटो केही पनि थिएन । ‘

बमको उक्त पोस्टमा ‘देखिस् तेरो पतन !’ भन्दै जलिरहेको सिंहदरबार अगाडि उभिएको तस्वीर पोस्ट गरिएको देखिन्छ ।

यसैगरी उनले सिंहदरबार जलाउने र गोली प्रहार गर्ने दुबै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने विचार राखिन् र आफू पनि अनुसन्धान तथा आवश्यक कारबाहीमा सहयोग गर्न तयार रहेको उल्लेख गरिन् ।

सिंहदरबार जलाउनेहरूलाई पनि अनुसन्धान हुनुपर्छ र गोली दाग्नेहरूलाई पनि अनुसन्धान हुनुपर्छ ।’

उनले थपेकी छन्, ‘म के भन्न चाहन्छु भने हरेक फौजदारी अभियोग लाग्ने कसुरहरूमा कारबाही गर्नको लागि सरकार तयार हुनुपर्छ। तर सुरुवात म बाट नै हुनुपर्ने हो भने म पनि तयार छु ।’

यस्तो छ आरोपहरूमाथि रक्षा बमको स्पष्टोक्ति –

सेप्टेम्बर ८ पछिका घटनाक्रमहरूका बारेमा यहाँहरू प्रष्ट नै हुनुहुन्छ। आजभन्दा ठ्याक्कै एक महिना अगाडिको दिन सम्झिन्छु, जुन दिन चिन्जी आन्दोलन भएको थियो, जुन दिन तत्कालिन सरकारले हाम्रा हामी र हाम्रा साथीहरूमाथि गोली दागेको थियो। बर्बरतापूर्वक हाम्रो साथीहरूको हत्या गरेको थियो। हामीले शान्तिपूर्ण भनेर सुरु गरेको आन्दोलनमा अराजकता फैलियोर हामीले धेरै साथीहरू गुमायौं।

त्यहाँ के भयो, कसो भयो, त्यसपछिका घटनाक्रमहरू के भए भन्ने कुरालाई सामाजिक सञ्जाल र संचार माध्यमबाट यहाँहरूलाई थाहा भइरहेकै नै छ। तर, त्यो भन्दा बाहेक यहाँहरूको मप्रति पनि केही प्रश्नहरू रहेछन् र म आज त्यसको उत्तर दिन आएको हुँ ।

सर्वप्रथम त म यहाँहरूलाई मेरो बारेमा केही कुरा भन्न चाहन्छु। म असत्य, झुट, हिंसा, अराजकता र कसैको पक्षपोषण गर्दै यहाँसम्म आइपुगेको होइन। म सधै सत्यको खोजीमा सडकमा आवाज उठाइरहने व्यक्ति हो। यसै सन्दर्भमा केही समय अगाडि हामीले गरिखान देऊ भनेर एउटा क्याम्पेन चलाएका थियौ। सडक व्यापारीहरूलाई चाहिँ महानगरले काठमाडौँ महानगरले गरेको जुन दमन थियो त्यसको विरुद्धमा हामीले काठमाडौँ महानगरपालिकासँग जवाफदेहिता माग्दै क्याम्पेन सुरु गर्‍यौं। हामी महानगर अगाडि १९९ घण्टा उभिएका थियौं।

त्यसैलाई लगायत हामी लुम्बिनी देखि सिंहदरबारसम्म संघीय सरकारलाई पनि झकझकाउँदै यस विषयमा केही पहल राम्रो पहल कदम लिनुपर्छ भनेर लुम्बिनी देखि सिंहदरबारसम्म हामी हिंड्दै आइपुगेका थियौं र बाटोमा भेटेका मान्छेहरूसँग सुझाव संकलन गर्दै हामीले त्यो सुझावपत्र तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई बुझाएका थियौं।

त्यही फोटो अहिले तपाईं सामाजिक संजालमा देखिराख्नुभएको छ होला मेरो। हामीले तत्कालीन प्रधानमन्त्रीलाई त्यो सुझाव पत्र बुझाउँदाको फोटो देखेर तपाईंहरूले मलाई मलाई माओवादीको झोले भन्नुभयो। त्यसैगरी कुनै एक पार्टीको सदस्यसँग मेरो नाम पनि मिल्ने भएकोले तपाईंहरूले मलाई एमाले भन्नुभयो। तपाईंले उसको नामको गाली मलाई दिँदै हुनुहुन्छ अथवा मेरो नामको गाली उसलाई दिँदै हुनुहुन्छ। तपाईंहरूले पहिला अनुहार चिन्न आवश्यक छ जस्तो लाग्छ ।

त्यसैगरी मेरो एउटा फोटो जुन सिंहदरबार अगाडि मैले खिचेको थिएँ। त्यो सेप्टेम्बर ९ को फोटो थियो। त्यो पनि सामाजिक संजालमा भाइरल भइरहेको छ। त्यो फोटो सम्बन्धि पनि यहाँहरूलाई धेरै प्रश्नहरू छन्।

त्यो फोटो सेप्टेम्बर ८ मा हामी आठमा हामीसँग जे व्यवहार भयो त्यसको आक्रोश लिएर हामी सेप्टेम्बर ९ मा आन्दोलनमा उत्रेका थियौं। हामी प्रधानमन्त्रीको राजीनामा मागिरहेका थियौं। र त्यस बेलामा चाहिँ ठ्याक्कै प्रधानमन्त्रीको राजीनामा आएको थियो। सिंहदरबार एउटा हाम्रो राज्यको प्रतीक भएको हिसाबले एउटा बिम्ब स्वरूप मैले हामीले जित्यौं भनेर जितको खुशी मनाएर त्यहाँनिर फोटो राखेको थिएँ। त्योभन्दा बाहेक त्यो फोटो केही पनि थिएन।

त्यतिखेर सिंहदरबारको गेट जलिरहेको थियो। म आक्रोशित थिएँ र एक किसिमको जित जस्तो महसुस भएर मैले त्यो फोटो राखेको हो। तर यसलाई तपाईंले राजनीतिक दृष्टिकोणले मात्र हेर्नुहुन्छ भने अनुसन्धान हुनुपर्छ। सिंहदरबार जलाउनेहरूलाई पनि अनुसन्धान हुनुपर्छ र गोली दाग्नेहरूलाई पनि अनुसन्धान हुनुपर्छ।

म के भन्न चाहन्छु भने हरेक फौजदारी अभियोग लाग्ने कसुरहरूमा कारबाही गर्नको लागि सरकार तयार हुनुपर्छ। तर सुरुवात म बाट नै हुनुपर्ने हो भने म पनि तयार छु।

अर्को र अन्तिम कुरा, म एमाले, माओवादी, जेनजी को हो भनेर तपाईहरू अन्योलमै हुनुहुन्थ्यो । खोई कसले हो विदेशी एजेन्ट भन्दियो। मलाई विदेशी एजेन्टको ट्याग लगाएर यहाँहरूले कुराहरू गरिराख्नु भएको छ।

म साथीहरूलाई के भन्न चाहन्छु भने तपाईहरूसँग यदि ठोस प्रमाण छ भने तपाईहरू वान टु वान नै आउनुस् । त्यो प्रमाण लिएर आउनुस् मसँग। म लड्न पनि तयार छु। तर कुनै एउटा फेलोसिप जोइन गरेको आधारमा, कुनै एउटा ट्रेनिङ जोइन गरेको आधारमा तपाईंहरूले मलाई विदेशी एजेन्ट भन्नुहुन्छ भने तपाईंहरू गलत हुनुहुन्छ। यो तपाईंहरूको उग्र राष्ट्रवाद मात्रै हो।

हो, म यूएसवाईसीको सन् २०२२ को ब्याज हो। त्यहाँ मैले अरू युवाहरूलाई पनि भेटेको थिएँ। युवाहरूको संजाल बन्न पुगेको थियो। मैले त्यो यूएसवाईसीको फेलोसिपमा एक वर्षको सूचनाको हक सम्बन्धी ट्रेनिङहरू लिएको थिएँ र म सूचनाको हक सम्बन्धी सचेतना कार्यक्रम आजको दिन पनि गर्छु। मेरो सत्य यो नै हो।

सायद मैले भन्नु पर्ने यति नै थियो होला। आन्दोलन सकेको आज ठ्याक्कै एक महिना भयो। यो एक महिना मेरो लागि कैयौं दशकभन्दा पनि धेरै भएको छ। मलाई नानाथरी गाली गर्ने, विभिन्न ट्याग लाउने साथीहरूलाई म के भन्न चाहन्छु भने तपाईंहरूको डेथ थ्रेट ले, तपाईंको रेप थ्रेटले, मलाई केही पनि फरक पर्दैन। म मेरो खुट्टा कमाउने वाला मान्छे होइन।

म सधै सडकमा न्यायको पक्षमा उभिने, सत्यको पक्षमा उभिने मान्छे हो। त्यसैले म डराउँदिनँ।

मैले आन्दोलनको मुद्दा बिर्सेको छैन। आन्दोलनमा सहादत प्राप्त साथीहरू र घाइते साथीहरूले न्याय पाउनै पर्छ। म त्यसको लागि सदैव आवाज उठाउनको लागि तयार छु र म उठाउने छु।

अझै पनि हामी लोकतन्त्र चाहन्छौं, हामी संविधान चाहन्छौं, हामी देशमा विधिको शासन चाहन्छौं, हामी शान्ति चाहन्छौं। त्यसैले कुनै पनि समूह, कुनै पनि व्यक्ति या कुनै पनि संस्थाले देशमा फेरि अराजकता फैलाएर देश मा अशान्ति फैलाउन खोज्यो भने हामी आफ्नो खबरदारीको लागि अग्रसर भूमिकामा नै रहनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?