Butwal Today

सिटौलाले भने- महामन्त्रीद्वयको हस्ताक्षर अभियानले पार्टी फुट्ने अवस्थासम्म पुग्नसक्छ

२३ आश्विन २०८२, बिहीबार
अ+
अ-

काठमाडौं ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको हस्ताक्षर अभियानले पार्टी विभाजनसम्म पुर्‍याउन सक्ने आशङ्का व्यक्त गरेका छन्।

आज बिहान पार्टी उपसभापति पूर्णबहादुर खड्कासहित आफूनिकट केही केन्द्रीय सदस्यहरूसँगको भेटमा हस्ताक्षर अभियानप्रति असन्तुष्टि जनाएका हुन्।

महामन्त्रीद्वयले पार्टी सभापति शेरबहादुर देउवालाई हटाउन विशेष महाधिवेशन माग्दै हस्ताक्षर अभियान चलाइरहेका छन्। त्यसमा इतर पक्षका नेता डा। शेखर कोइराला पक्षधर नेताहरू पनि सहभागी छन्।

आफ्नै निवासमा नेताहरूसँग कुरा गर्दै सिटौलाले भने, ‘पार्टी कार्यालय र घरमा त आगो लाग्यो, सङ्गठनमा पनि आगो लाग्छ, कम्तीमा सङ्गठनमा आगो लगाउने काम कसैले नगरौँ। अहिले दुई वटा महामन्त्रीले हस्ताक्षर अभियान चलाइरहेका छन्। यो हस्ताक्षर अभियानले पार्टीलाई फुट्ने अवस्थासम्म पुर्‍याइदिन सक्छ।’

हस्ताक्षर अभियान गर्ने र नगर्ने भइसकेपछि गर्ने एउटा एकातिर नगर्ने अर्कोतिर हुने स्थिति आउने बताए। पार्टीभित्र विगतमा पनि अन्तरघात हुने भएकाले चुनावमा हस्ताक्षर अभियानले असर गर्नसक्ने उनको भनाइ छ।