ट्रेंडिंग:

>> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न 

रामग्राम स्तूपा संरक्षणका लागि तारजाली

२३ आश्विन २०८२, बिहीबार
२३ आश्विन २०८२, बिहीबार

सुनवल, २३ असोज ।

भगवान् गौतमबद्धको अस्थिधातु सुरक्षित रहेको स्थल पश्चिम नवलपरासी रामग्राम–७ उजैनीमा रहेको रामग्राम स्तूपाको संरक्षणका लागि नगरपालिकाले प्रयास थालेको छ । स्तूपाको मुख्य भागलाई संरक्षण गर्ने गरी नगरपालिकाले बलियो तारजाली सहितको छेकबार निर्माण गरेको छ ।

तारबार भित्रको क्षेत्रमा स्तूपाको मुख्य भाग रहेकाले त्यसको संरक्षण र पर्यटकलाई अवलोकन गर्न सहज होस् भन्ने उद्देश्यले तारजाली लगाइएको नगरपालिकाले जनाएको छ ।

अब तारजाली भित्रको भागमा थप ध्यानको लागि स्थान बनाउने र पानी जम्ने स्तूपाकोे पछिल्लो भागमा पानी निकासको व्यवस्था गरेर कार्यक्रम स्थल बनाउने नगर प्रमुख धनपत यादवले बताए ।

संघीय सरकार अन्तर्गतको लुम्बिनी विकास कोषको क्षेत्राधिकार भित्र रहेको रामग्राम स्तूपामा सामान्य काम गर्न पनि स्थानीय सरकारलाई सहयोग प्राप्त नभएको यादवले गुनासो गरे ।

“तारजाली लगाउन समेत पटक पटक लुम्बिनी विकास कोष देखि पुरातत्त्व विभाग सम्म धाउनुप¥यो, न उहाँहरूले काम गर्नुहुन्छ न त हामीलाई गर्न दिनुहुन्छ, यादवले भने ।” विश्वकै ध्यान खिच्न सक्ने धार्मिक तथा पर्यटकीय स्थल रामग्राम स्तुपाको विकासमा लुम्बिनी विकास कोष नै बाधक बनेको नगर प्रमुख यादवको भनाइ छ ।

३३ लाख ८० हजारको लागतमा ६ फिट अग्लो साढे चार सय मिटर तारजाली गरिएको हो । स्तूपा क्षेत्रमा शान्ति कायम गर्दे पर्यटकलाई सहज अवलोकन र बौद्ध धर्मावलम्बीलाई ध्यान गर्ने वातावरण निर्माणको प्रयासमा रहेको नगरपालिकाले जनाएको छ ।

रामग्राम स्तूप विश्वमै भगवान् गौतमबद्धको एक मात्र उत्खनन नगरिएको सिङ्गो अस्थिधातु सुरक्षित रहेको स्थल हो । लुम्बिनी जत्तिकै महत्त्वपूर्ण पुरातात्त्विक तथा ऐतिहासिक स्थल भए पनि रामग्राम स्तूपाको उचित संरक्षण र विकास हुन सकेको छैन ।

महापरिनिर्वाणपछि भगवान् गौतम बुद्धको अस्थिधातु आठ भागमा वितरण गर्दा आठ भाग मध्ये एक भाग कोलिया राजाहरू मार्फत रामग्राम ७ उजैनीमा ल्याई रामग्राम स्तूपाकोे निर्माण भएको थियो ।

पछि अन्य स्तूपको उत्खनन गराई संसार भरि ८४ हजार भागमा वितरण भए पनि रामग्रामको अस्तु उत्खनन् नभएका कारण सिङ्गो अस्तु यहाँ सुरक्षित रहेको छ । महत्त्वपूर्ण स्थल भएरपनी स्तुपा क्षेत्रको उचित विकास र संरक्षणको काम हुन सकेको छैन । पटक पटक स्तुपाको विकासको विषयमा कुरा उठ्ने गरेपनी काम भने भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?