© २०२३
बुटवल, २३ असोज ।
भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको प्रदर्शनपछि काठमाडौँको जगन्नाथ देवल कारागारबाट फरार भएका एक कैदीलाई रुपन्देहीमा पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कर्मचारी ज्यान मुद्दामा सजाय भोगिरहेका ६५ वर्षीय पुणत बासी लोनियालाई रुपन्देहीको गैडहवा गाउँपालिका–६, गुलरियाबाट पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय सूर्यपूराबाट खटिएको टोलीले उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा जिम्मा लगाएको जनाएको छ ।
जेनजी आन्दोलनपछि काठमाडौँसहित देशभर तोडफोड र आगजनीका घटनामा केही कैदीबन्दी फरार भएका थिए । हालसम्म पनि करिब ६ हजार कैदीबन्दी फरार रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।