© 2026
नवलपरासी, २३ असोज ।
जिल्लामा चोरी तस्करी बढ्दै गएपछि अहिले गाउँ गाउँमा जेन जी समूहका युवाहरू चोरी तस्करी नियन्त्रणमा लागेका छन् । पटक पटक चेतावनी दिँदा पनि तस्करी गर्नेहरू नमाने पछि बुधवार रामग्राम १ सन्डाका जेनजी युवाहरू समूहले कुखुरा नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन् ।
सीमावर्ती भारतीय बजारबाट चोरी तस्करी गरि ल्याउँदै गरेको अवस्थामा रामग्राम १ सहुवाटिकर र सण्डा गाउँको बिचमा कुखुरा तस्करहरूलाई नियन्त्रणमा लिएका थिए ।
मोटरसाइकलमा लोड गरि सीमावर्ती भारतीय बजारबाट खुलेयाम कुखुराको चोरी पैठारी भई रहेको छ, तर प्रहरी मूकदर्शक भएर हेर्ने हुँदा प्रहरीको समेत संलग्नता हुने आरोप स्थानीयले लगाउँदै आएका छन् ।
तीन वटा मोटरसाइकलमा सदरमुकाम परासीको सहुवाटिकर गाउँ हुँदै कुखुरा लिएर जाँदै गरेको अवस्थामा स्थानीय युवाहरूले रोक्न खोजेपछि मोटरसाइकलमा राखिएका केही कुखुरा फालेर र केही लिएरै भागेको स्थानीय युवाहरूले जानकारी गराए । फालिएका कुखुराहरू प्रहरी बोलाएर जिम्मा लगाइएको उनीहरूले बताए ।
परासी बजारदेखि सीमा १० किलोमिटर दक्षिणमा छ । सीमा क्षेत्रमा बर्डर अब्जरवेसन फोर्स (विओपी),बेलासपुरमा शसस्त्र प्रहरी बलको जिल्ला कार्यालय, सदरमुकाम परासीको बेस क्याम्प र बिचमा नेपाल प्रहरीका चौकी र विटहरू रहेका छन् ।
ती सबै क्षेत्रलाई छल्दै आएका कुखुरा तस्करहरूलाई स्थानीय युवाहरूले नियन्त्रण लिन खोजेपछि उनीहरू भागेका थिए । यसबारे आफूहरूले प्रहरीलाई समेत जानकारी गराइ सकिएको बताएका थिए । चाडपर्वको अवसरमा सिमाक्षेत्रमा चोरी तस्करी खुलेयाम भई रहेका छन् ।
मोटरसाइकलमा लोड गरि राजमार्गसम्म पु¥याउनमा प्रहरीले नै सघाउने गरेको आरोप युवा समूह र स्थानीयको थियो । भारतीय कुखुराको तस्करीलाई प्राथमिकता दिँदा नेपाली कुखुरा पालक किसान विस्थापनमा पर्ने भनाई उनीहरूको थियो ।
भारतीय कुखुरा तस्करी नरोकिँदा नेपालका दर्जनौँ कुखुरा पालक किसान पेसा नै छाडेर वैदेशिक रोजगारीको खोजीमा जान बाध्य भई रहेको सुनाएका थिए । प्रहरी देश र जनताको सुरक्षा भन्दा तस्करीसँग मिलेमतोमा अनधिकृत कमाइमा मात्र काम गर्ने गरेको दुखेसो पोखेका थिए ।
प्रहरीका घुमुवाहरूले तस्कर र ड्युटीमा रहने प्रहरीसँग तालमेल मिलाई दिइने गरेको एक स्थानीयले बताए । तस्करहरू मोटरसाइकल लिएर हिँडेपछि त्यसको सङ्केत घुमुवा प्रहरीले फोन मार्फत ड्युटी प्रहरीलाई दिन्छन्, उनीहरूले फरक रुटमा गएर तस्कर हिँड्ने बाटो खुल्ला गरिदिन्छन् ।
सहज रूपले तस्करहरू मालसामान पूर्वपश्चिम राजमार्गसम्म पु¥याउ छन् । यस्ता गतिविधिहरू प्रति अहिले गाउँ गाउँमा जेनजी समूहका युवाहरू नियन्त्रण गर्ने कार्यमा सक्रिय हुन थालेका छन् ।
कुखुरा तस्करी सनई, रगरगँज, पडरी, गेर्मी, रमपुरवा, गोपालपुर लगायतका नाकाबाट हुने गरेको छ । पडरी र रगरगँजबाट सनई हुँदै रामग्रामको लक्ष्मिपुर गाउँ पुगेर हकुई जाने र हकुई हुँदै बन्जरिया भएर सुनवलको राजमार्ग क्षेत्रका बजारमा पु¥याउने गरेका छन् ।
गोपालपुर, महेशपुर नाकाबाट छिर्नेहरू बैरवा हुँदै जोकवार बैरिहवा भएर परासीको इमलीटोल सहुवाटिकर सण्डा भएर बडेर पु¥याउने गरेका छन् । यसैगरि वार्डमा विकास निर्माणका कार्य नगर्ने र परासी बजारका फोहोर मात्रै सङ्कलन गरेर डम्पिगँसाईट बनाउने रामग्राम १ सण्डा गाउँकै जेनजी युवा समूहले फोहोरको गाडी नियन्त्रणमा लिई सो वार्ड अध्यक्षको घरमा पु¥याएका थिए ।
वडा अध्यक्ष रुद्र प्रकाश उपाध्यायले पटक पटक निर्वाचित भए पनि आफ्ना वडामा विकास भन्दा फोहोर फाल्ने क्षेत्र बनाउन खोजेको आरोप उनीहरूको थियो ।