© 2026
काठमान्डौ, २३ असोज ।
नेपाली सेयर बजारमा बिहीबार पोजेटिभ सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको तीन मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले वृद्धि भएसँगै बजारमा पोजेटिभ सर्किट ब्रेक लागेको हो ।
सर्किट ब्रेक लागेसँगै बजार कारोबार २० मिनेटका लागि स्थगित गरिएको छ ।
अघिल्लो दिन राष्ट्र बैंकले सेयर कर्जामा तोकिएको २५ करोड रुपैयाँको सीमा हटाउने निर्णय गरेको थियो । बैंक तथा वित्तीय संस्थाहरूलाई सेयर खरिद–बिक्रीका लागि कर्जा प्रवाहमा सहजीकरण गरेपछि लगानीकर्ताको मनोबल बढेको विश्लेषकहरूको भनाइ छ ।