ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

गृहमन्त्रालयमा २ घण्टा छलफल : नेताका अभिव्यक्ति र काउन्टर जाहेरीले बढाएको सुरक्षा जोखिमको विश्लेषण

२३ आश्विन २०८२, बिहीबार
२३ आश्विन २०८२, बिहीबार

काठमाडौं, २३ असोज ।

काठमाडौंमा भएको प्रदर्शन र बढ्दो सुरक्षा चुनौतीबारे सिंहदरबारस्थित गृहमन्त्रालयमा उच्चस्तरीय छलफल गरिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रमुख सुरक्षा निकायका नेतृत्वसँग छलफल गरेका हुन् ।

छलफलमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की, र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए ।

गृहमन्त्रालय स्रोतका अनुसार छलफल मुख्यतः माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा हुने भनिएको प्रदर्शन, त्यसबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौती, केही नेताहरूको अभिव्यक्ति, देशभर जाहेरी दिने अभियान, र त्यससँग सम्बन्धित सुरक्षा संवेदनशीलतामा केन्द्रित थियो ।

गृहमन्त्री अर्यालले सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूसँग करीब दुई घण्टा ब्रिफिङ लिएका थिए । सो क्रममा उनीहरूले बढ्दो सुरक्षा चुनौतीबारे जानकारी गराएका थिए ।

छलफलमा चाडपर्व सकिएपछि हुन सक्ने सम्भावित आन्दोलन, जेन–जी समूह र अन्य समूहले गर्न सक्ने प्रदर्शन तथा त्यसबाट उत्पन्न हुन सक्ने परिस्थिति समेत समेटिएको थियो । एक सुरक्षा प्रमुखका अनुसार, यस्ता गतिविधिहरूको असर सार्वजनिक शान्ति र सुरक्षामा गम्भीर प्रभाव पार्न सक्ने भएकाले सतर्कता अपनाइएको छ ।

जेन–जी समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीमा जाहेरी दिएको पृष्ठभूमिमा अनेरास्ववियुले पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र जेन–जीका अगुवा सुदन गुरुङविरुद्ध जाहेरी दिएको थियो ।

जेन–जीको जाहेरी उच्चस्तरीय जाँचबुझ आयोगमा पठाइएको छ भने बालेन र सुदनविरुद्धको जाहेरी पनि प्रहरी आयोगमा पठाउने तयारीमा रहेको छ ।

एक पक्षको जाहेरीपछि अर्को पक्षबाट काउन्टर जाहेरी दर्ता हुने क्रम, माइतीघरमा टाँगिएका ब्यानर हटाउने र फेरि नयाँ ब्यानर राख्ने प्रयासका कारण सुरक्षा चुनौती थपिएको स्रोतले जनाएको छ । काउन्टर गतिविधि र त्यसबाट निम्तन सक्ने सम्भावित स्थिति पनि छलफलको मुख्य विषय बनेको थियो ।

अर्कोतर्फ, नेताहरूले सार्वजनिक रूपमा दिएका प्रतिकूल अभिव्यक्तिहरूले पनि सुरक्षा संवेदनशीलता बढाउने सम्भावना भएकाले सतर्कता आवश्यक भएको छलफलमा उल्लेख गरिएको छ ।

माइतीघर र नयाँ बानेश्वर क्षेत्रमा हाल उच्च सुरक्षा सतर्कता अपनाइएको छ । सुरक्षा स्रोतका अनुसार, “फलानो नेताको अभिव्यक्ति भनेर भन्दा पनि पछिल्लो समयमा नेताहरूले बोलेका कतिपय कुराले सुरक्षा अवस्था प्रभावित हुन सक्नेबारेमा छलफल गरिएको हो ।”

यस्तै, समसामयिक राजनीतिक परिस्थिति, चुनावी सुरक्षा, छठपछिको दुर्गा प्रसाईं समूहको संभावित आन्दोलन, साथै विपद् व्यवस्थापन र उद्धारसम्बन्धी विषयमा पनि बैठकमा विस्तृत छलफल भएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?