ट्रेंडिंग:

>> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो

स्थानीय सरकारमा कुशासनको कुचक्र

२३ आश्विन २०८२, बिहीबार
२३ आश्विन २०८२, बिहीबार

रोल्पा, २३ असोज ।

रोल्पाका स्थानीय तहहरूको विकास बजेटको ठुलो हिस्सा असारमा खर्च हुने गरेको छ । सङ्घीय सरकार र प्रदेश सरकारले विकास बजेट असारमा खर्च गर्दा पारदर्शिता र आयोजनाको दिगोपनामा प्रश्न उठिरहेको वेला स्थानीय सकारहरू समेत यसबाट अछुतो रहन सकेका छैनन् । (हेर्नुहोस् तालिका)


जिल्लाको सुनिलस्मृती गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को असार महिनामा मात्रै ४ करोड १२ लाख ३८ हजार खर्च गरेको थियो । कुल पुँजीगत खर्च १२ करोड ७३ लाख ४७ हजार रहेको सो गाउँपालिकाले असारमा मात्रै ३२ प्रतिशत भन्दा बढी पुँजीगत खर्च गरेको थियो ।

सो गाउँपालिकाले प्रथम चौमासिक २ करोड १६ लाख २१ हजार पुँजीगत खर्च गर्दा दोस्रो चौमासिक पुँजीगत खर्च ३ करोड ४ लाख ४५ हजार रहेको थियो । तेस्रो चौमासिक पुँजीगत खर्च ७ करोड ५२ लाख ८० हजार रहेको थियो । सो गाउँपालिकाको अन्तिम चौमासिक पुँजीगत खर्च कुल पुँजीगत बजेटको ५९ प्रतिशत भन्दा बढी हो ।

जिल्लाको परिवर्तन गाउँपालिकाले असार महिनामा ३ करोड ८५ लाख पुँजीगत खर्च गरेको थियो । सो गाउँपालिकाको कुल वार्षिक पुँजीगत खर्च १० करोड १५ लाख ४५ हजार रहेकोमा असार महिनामा मात्रै ३५ प्रतिशत भन्दा बढी पुँजीगत खर्च गरेको थियो ।

सो गाउँपालिकाको पहिलो त्रैमासिक खर्च ५५ लाख रहेको थियो । यस्तै दोस्रो त्रैमासिक खर्च ८६ लाख ९१ हजार रहेको थियो । तेस्रो त्रैमासिक पुँजीगत खर्च १ करोड ३४ लाख ५५ हजार रहँदा अन्तिम त्रैमासिक पुँजीगत खर्च ३ करोड ५७ लाख रहेको थियो ।

जिल्लाको गङ्गादेव गाउँपालिकाले असार महिनामा ६ करोड ८६ लाख ७८ हजार पुँजीगत खर्च गरेको थियो । कुल वार्षिक पुँजीगत खर्च ८ करोड ६५ लाख ९० हजार रहेको सो गाउँपालिकाले असार महिनामा मात्रै ७९ प्रतिशत भन्दा बढी हो ।

उसको प्रथम चौमासिक पुँजीगत खर्च शून्य रहेको थियो । दोस्रो चौमासिक पुँजीगत खर्च ८१ लाख ९५ हजार गरेको सो गाउँपालिकाको अन्तिम चौमासिक पुँजीगत खर्च ७ करोड ८४ लाख ९४ हजार रहेको थियो ।

थवाङ गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ मा कुल पुँजीगत खर्च ११ करोड ४७ लाख ३१ हजार रहेकोमा सो गाउँपालिकाले असार महिनामा मात्रै ६ करोड ७६ लाख ३९ हजार खर्च गरेको थियो । असार महिनामा खर्च भएको यो रकम कुल पुँजीगत खर्चको झण्डै ५९ प्रतिशत हो ।

सो गाउँपालिकाको प्रथम त्रैमासिक पुँजीगत खर्च शून्य रहेको थियो । दोस्रो त्रैमासिक पुँजीगत खर्च ९८ लाख ४४ हजार गरेको सो गाउँपालिकाले तेस्रो त्रैमासिक पुँजीगत खर्च ९९ लाख ८८ हजार गरेको थियो । सो गाउँपालिकाको चौथो त्रैमासिक खर्च ९ करोड ४८ लाख ९९ हजार रहेको थियो ।

यस्तै, सुनछहरी गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ म कुल पुँजीगत खर्च ९ करोड २२ लाख ७ हजार रहेकोमा असार महिनामा मात्रै सो गाउँपालिकाले २ करोड १५ लाख ९३ हजार पुँजीगत खर्च गरेको थियो ।

यो खर्च सो गाउँपालिकाको कुल पुँजीगत खर्चको २३ प्रतिशत भन्दा बढी हो । सो गाउँपालिकाको प्रथम त्रैमासिक पुँजीगत खर्च ३९ लाख ८५ हरेको थियो । यस्तै दोस्रो त्रैमासिक पुँजीगत खर्च १ करोड ५५ लाख ७० हजार हुँदा तेस्रो त्रैमासिक पुँजीगत खर्च २ करोड ७२ लाख ४७ हजार रहेको थियो ।

सो गाउँपालिकाको चौथो त्रैमासिक पुँजीगत खर्च ४ करोड ५४ लाख ५ हजार रहेको थियो । जिल्लाको लुँग्री गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ मा कुल पुँजीगत खर्च १३ करोड १८ लाख ७६ हजार रहेकोमा सो वर्षको असार महिनामा मात्रै सो गाउँपालिकाले ५ करोड ३० लाख ११ हजार खर्च गरेको थियो ।

असार महिनामा भएको यो खर्च गाउँपालिकाको कुल पुँजीगत खर्चको ४० प्रतिशत भन्दा बढी हो । उसले पहिलो त्रैमासिक पुँजीगत खर्च १ करोड १४ लाख ५५ हजार गरेको थियो ।

यस्तै, दोस्रो चौमासिक पुँजीगत खर्च १ करोड ५४ लाख ७९ हजार हुँदा तेस्रो त्रैमासिक पुँजीगत खर्च १ करोड ८८ लाख १ हजार रहेको थियो । सो गाउँपालिको अन्तिम त्रैमासिक पुँजीगत खर्च ८ करोड ६१ लाख ४० हजार रहेको थियो ।

रुन्टीगढी गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ मा कुल पुँजीगत खर्च १४ करोड ९ लाख ७३ हजार रहँदा असार महिनामा ३ करोड ५६ लाख ३ हजार पुँजीगत खर्च गरेको थियो । असार महिनामा मात्रै भएको खर्च कुल पुँजीगत खर्चको २५ प्रतिशत भन्दा बढी हो ।

सो वर्ष रुन्टीगढी गाउँपालिकाको प्रथम चौमासिक पुँजीगत खर्च ५६ लाख ८१ हजार रहेको थियो । दोस्रो चौमासिक पुँजीगत खर्च २ करोड ९५ लाख ४० हजार रहेको सो गाउँपालिकाको अन्तिम त्रैमासिक पुँजीगत खर्च १० करोड ५७ लाख ५१ हजार रहेको छ ।

जिल्लाको माडी गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा ९ करोड २० लाख ८७ हजार पुँजीगत खर्च गर्दा असार महिनामा मात्रै ४ करोड ५३ लाख ५२ हजार पुँजीगत खर्च गरेको थियो ।

असार महिनामा मात्रै गरेको यो पुँजीगत खर्च गाउँपालिकाको कुल पुँजीगत खर्चको ४९ प्रतिशत भन्दा बढी हो । उसको प्रथम त्रैमासिक पुँजीगत खर्च ६६ लाख ५२ हजार रहेको थियो । यस्तै, दोस्रो त्रैमासिक पुँजीगत खर्च ५८ लाख ४ हजार रहेको सो गाउँपालिकाको तेस्रो त्रैमासिक पुँजीगत खर्च १ करोड ९१ लाख ६९ हजार रहेको छ ।

सो गाउँपालिकाको अन्तिम त्रैमासिक पुँजीगत खर्च ६ करोड ४६ लाख रहेको थियो । त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा १३ करोड ६८ लाख ९१ हजार पुँजीगत खर्च गर्दा असार महिनामा मात्रै ४ करोड २९ लाख १४ हजार खर्च गरेको थियो ।

सो गाउँपालिको असार महिनामा मात्रै गरेको यो खर्च गाउँपालिकाको कुल पुँजीगत खर्चको ३१ प्रतिशत भन्दा बढी हो । सो गाउँपालिकाले प्रथम त्रैमासिक पुँजीगत खर्च १ करोड ६ लाख ८५ हजार गरेको थियो ।

उसले दोस्रो त्रैमासिक पुँजीगत खर्च १ करोड २४ लाख ५० हजार गर्दा तेस्रो त्रैमासिक पुँजीगत खर्च ३ करोड १९ लाख ३१ हजार रहेको थियो । सो गाउँपालिकाले अन्तिम त्रैमासिक पुँजीगत खर्च ५ करोड ७७ लाख २३ हजार गरेको थियो ।

जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ मा कुल पुँजीगत खर्च १६ करोड ८३ लाख ६३ हजार रहेकोमा सो वर्षको असार महिनामा मात्रै रोल्पा नगरपालिकाले ६ करोड ६६ लाख पुँजीगत खर्च गरेको थियो ।

नगरपालिकाले असार महिनामा गरेको यो पुँजीगत खर्च कुल पुँजीगत खर्चको करिब ४० प्रतिशत हो । रोल्पा नगरपालिकाले प्रथम त्रैमासिक पुँजीगत खर्च २ करोड ८६ लाख ६६ हजार गर्दा दोस्रो त्रैमासिक पुँजीगत खर्च १ करोड ३६ लाख ७९ हजार रहेको थियो ।

तेस्रो त्रैमासिक पुँजीगत खर्च २ करोड ६६ लाख ५३ हजार हुँदा चौथो त्रैमासिक पुँजीगत खर्च ९ करोड ९३ लाख ६५ हजार रहेको थियो । वर्षान्तमा हतारमा काम गराउँदा कामको गुणस्तर असर पर्ने भएकाले यसलाई नियमन गर्नुपर्ने महालेखा परीक्षकको प्रतिवेदनमा औँल्याइएको छ ।

उसले नियममा भएको व्यवस्था अनुरूप खर्च गरी असारमा खर्च गर्ने परिपाटी बन्द गर्नुपर्ने सुझाव समेत दिएको छ । महालेखा परीक्षकले हरेक वर्ष यस्तो सुझाव दिने गरे पनि रोल्पाका स्थानीय तहहरूले भने सुनुवाइ नगरेको स्थानीयहरूको भनाइ छ ।

अरू समयमा कामलाई प्राथमिकता नदिने फागुन महिनापछि मात्रै कामको सुरुआत गर्ने परम्पराले पुँजीगत बजेटको ठुलो हिस्सा असारमा खर्च हुने गरेको नेपाली काँग्रेस रोल्पाका पूर्व कोषाध्यक्ष खटकवहादुर खत्रीको भनाइ छ । असारमा भुक्तानी दिँदा अनुगमन समेत हतारमा हुने भएकाले कामको गुणस्तरमाथि प्रश्न उठ्नु स्वाभाविक भएको खत्रीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?