© २०२३
काठमाडौँ ।
ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालाको निरीक्षण गरेका छन् ।
बिहीबार निरीक्षणमा पुगेका मन्त्री घिसिङले प्याराफिट निर्माणको काम लगभग सम्पन्न भएको र फ्लडलाइट जडान एक महिनाभित्रै हुने निर्माण कम्पनीको प्रतिबद्धता रहेको जानकारी दिएका छन् ।
“पहिलो चरणको काम करिब–करिब अन्तिम चरणमा पुगेको छ । छवटा फ्लडलाइट राख्ने काम एक महिनाभित्र सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले व्यक्त गरेको छ,” मन्त्री घिसिङले भने, “प्याराफिटको काम सकिएको जानकारी पनि निर्माण पक्षले दिएको छ । कन्ट्र्याक्टरले एक हप्ताभित्र रंगशाला हस्तान्तरण गर्ने बताएका छन् ।”
मन्त्री घिसिङले नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुनु अघि नै सम्पूर्ण काम सम्पन्न भई १० हजार दर्शकले प्याराफिटमा बसेर खेल हेर्न सक्ने विश्वास व्यक्त गरे । साथै, उनले रंगशालाको दोस्रो चरणको निर्माण कार्य पनि चाँडै अघि बढाइने जानकारी दिए ।