© 2026
काठमाडाैं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको जग भत्काउने शर्तमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेको टिप्पणी गरेका छन् ।
भक्तपुरको गुण्डुमा बिहीबार आयोजित कार्यक्रममा ओलीले संविधानको गलत व्याख्या गरेर कार्की प्रधानमन्त्री बनेको बताएका हुन् ।
‘लोकतन्त्रको जग भत्काउने शर्तमा सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो । संविधानको गलत व्याख्या गरेर आएको मान्छे हो । प्रधान्यायाशीश भइसकेको व्यक्ति सरकारी लाभका पदमा बस्न सक्दैन । मन्त्री, प्रधानमन्त्री बन्न पाउँदैन तर उहाँ सुरिनुभयो । २३ र २४ गते जेनजी भनेर सडकमा उत्रिनुभयो’, ओलीले भने, ‘संविधान अनुसार होइन, बलमिच्याइँले बनेको सरकार हो । प्रधानमन्त्री बन्न, शपथ गरेर संसद् भंगको सिफारिस गर्छु होइन भने देशमा जेनजीले आगो लगाउँछन् भनेर प्रधानमन्त्री बनेकी हुन् ।’
ओलीले फागुन २१ गते चुनाव गराउन भनेको राष्ट्रपतिले तोकिदिएको म्यान्डेट रहेको बताए । ‘त्यसैले यो कसैको प्रतिनिधि होइन । नेपालीको होइन । कसैले छानेको सरकार होइन’, ओलीले भने ।
आफूले यसअघि नै हाहुको सरकार भनेको भन्दै ओलीले यसबारे पछि लामो व्याख्या गर्ने पनि बताए ।