© २०२३
काठमान्डौ, २३ असोज ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा. संगीता भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारको अनुसन्धानअनुसार डा. भण्डारीले प्रतिष्ठानमा एमआरआई मेसिन खरिदमा घोटाला गरेको प्रमाण फेला परेको छ । यस प्रकरणमा डा. भण्डारीसहित १३ जनालाई प्रतिवादी बनाइएको छ ।
डा. संगीता भण्डारी पूर्वमन्त्री शरतसिंह भण्डारीकी बहिनी पनि हुन् र हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापन कार्यरत छिन् ।
यसअघि बुधबार अख्तियारले पोखराको लिचीबारी घोटाला प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका दुई मन्त्रीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।