ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

विपिन जोशीको अवस्थाबारे ठोस तथ्य सार्वजनिक भएको छैन : राजदूत पण्डित

२३ आश्विन २०८२, बिहीबार
२३ आश्विन २०८२, बिहीबार

काठमान्डौ, २३ असोज ।

इजरायल र हमासबीच युद्धविराम सम्झौता भएपछि बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे स्पष्ट जानकारी आउने आशा पलाएको छ । तर हालसम्म उनको जीवन वा अवस्थासम्बन्धी ठोस तथ्य सार्वजनिक भएको छैन ।

नेपालका लागि इजरायलका राजदूत धनप्रसाद पण्डितले इजरायली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रही विपिनको अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको बताए । तर अहिलेसम्म कुनै प्रत्यक्ष विवरण प्राप्त नभएको उनले स्पष्ट पारे ।

यसैबीच, परराष्ट्र मन्त्रालयका अधिकारीहरूले पनि विपिनको अवस्थाबारे बुझ्ने प्रयास जारी रहेको जनाएका छन् । मन्त्रालयका एक कर्मचारीका अनुसार, इजरायल सरकारको तर्फबाट विपिनको जुनसुकै अवस्थाको जानकारी आउन सक्छ, त्यसका लागि परिवारलाई तयार रहन भनिएको छ ।

कञ्चनपुरका विपिन जोशी अध्ययनका लागि इजरायल पुगेका थिए । सन् २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा उनी बन्धक बनाइएका थिए । उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

हमासका लडाकूहरूले विपिनलाई साथमै लगेको पुष्टि भए पनि त्यसयता उनको अवस्थाबारे कुनै विश्वसनीय जानकारी प्राप्त भएको छैन । सन् २०२३ नोभेम्बर १७ मा उनी गाजाको अल शिफा अस्पतालमा देखिएको बताइएको थियो । तर त्यसपछि उनको अवस्थाबारे कुनै नयाँ सूचना आएको छैन ।

हालै सार्वजनिक गरिएको ३३ सेकेन्डको भिडियोमा विपिनले आफू नेपाली नागरिक भएको र “अर्न एन्ड लर्न” कार्यक्रमअन्तर्गत इजरायल आएको बताएका छन् । गाढा नीलो कपडा लगाएका उनले भिडियोमा शान्त मुद्रामा कुरा गरेका छन्, तर त्यो भिडियो कहिले र कहाँ खिचिएको हो भन्ने स्पष्ट छैन ।

राजदूत पण्डितका अनुसार, उक्त भिडियो नयाँ नभई पुरानो फुटेज हो, सम्भवतः बन्धक बनाइएकै समयको हो ।

विपिनको अवस्थाबारे अनिश्चितता अझै कायम रहे पनि युद्धविरामपछि आशाको किरण देखिएको राजनयिक स्रोतहरूको भनाइ छ । नेपाल सरकारले पनि उनको उद्धार र अवस्थाबारे निरन्तर पहल जारी राखेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?