ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

यान्टिबायोटिकको अत्यधिक र अनावश्यक प्रयोग रोक्न निर्देशन 

२३ आश्विन २०८२, बिहीबार
२३ आश्विन २०८२, बिहीबार

सल्यान, २३ असोज ।

सल्यानमा यान्टिबायोटिक औषधिको अत्यधिक र अनावश्यक प्रयोग बढ्न थालेपछि स्वास्थ्यकर्मीहरूलाई सचेत गरिएको छ ।

जिल्लाका सबै स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य सेवा कार्यालय सल्यानले एक सार्वजनिक सूचना नै जारी गरेर यान्टिबायोटिक औषधिको अत्यधिक र अनावश्यक प्रयोग रोक्न आग्रह गरेको हो ।

कार्यालयले यान्टिबायोटिकको दुरुपयोग रोक्न सचेत रहन, औषधि लेख्दा वा प्रयोग गर्दा सावधानी अपनाउन र रोगको प्रकृति अनुसार मात्र औषधि प्रयोग गर्न सबैलाई आग्रह गरेको छ ।

विश्वभर यान्टिबायोटिकको दुरुपयोगका कारण मानिस, पशुपक्षी, वनस्पति र वातावरणमा प्रति जैविक प्रतिरोधी ब्याक्टेरियाको तीव्र विकास भइरहेको उल्लेख गर्दै स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर अर्जुन कुमार बुढाले भने, ‘यसले भविष्यमा सामान्य सङ्क्रमणहरूको उपचारमा समेत गम्भीर चुनौती र जोखिम उत्पन्न गर्न सक्ने अवस्था देखिएको छ ।’

उनका अनुसार सल्यान जिल्लामा पनि बिरामीहरूलाई आवश्यकभन्दा बढी यान्टिबायोटिक औषधि लेख्ने प्रवृत्ति बढ्दो छ ।

त्यसैले सबै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूलाई कुन अवस्थामा यान्टिबायोटिक सिफारिस गर्न पाउने सम्बन्धी मापदण्ड एवं औषधिको सही प्रयोग सम्बन्धी कार्यक्रम अनिवार्य रूपमा पालना गर्न स्वास्थ्य सेवा कार्यालयको अनुरोध छ ।

दमाचौर स्वास्थ्य चौकी, छत्रेश्वरी गाउँपालिका, १ का इन्चार्ज रूपक चन्दले स्वास्थ्यकर्मीसँगै सेवाग्राही पनि सचेत बन्नुपर्ने बताए । उनले भने, ‘उपचारको नाममा गलत तरिकाले यान्टिबायोटिक औषधिको प्रयोगले मान्छेको स्वास्थ्यमा दीर्घकालीन गम्भीर असर पर्ने भएको हुँदा हामी स्वास्थ्यकर्मीहरू नागरिकको स्वास्थ्यमा सचेत हुनु हाम्रो दायित्व हुन्छ ।

सेवाग्राहीहरूले पनि आफ्नो स्वास्थ्यको ख्याल गर्न जरुरी छ ।’ जथाभाबी यान्टिबायोटिकको प्रयोगका कारण मानिसको शरीरमा यान्टिबायोटिकले काम गर्न छोड्दै गएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?