Butwal Today

माइतीघर मण्डलाबाट जेनजी समूहका १६ जना पक्राउ

२३ आश्विन २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, २३ असोज ।

प्रहरीले काठमाडौंको माइतीघर मण्डलामा भेला भएका जेनजी समूहका १६ जनालाई छानीछानी पक्राउ गरेको छ । पक्राउ पर्नेमा डा। निकोलस भुसाल र सञ्जीव दाहालसहित अन्य सदस्यहरू रहेका छन् ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।

माइतीघर क्षेत्रमा भुसाल नेतृत्वको समूह शान्तिपूर्ण प्रदर्शन गर्ने उद्देश्यले भेला भएको थियो । समूहले कोषसभा आयोजना गर्ने तयारी गरेको जानकारी भए पनि प्रहरीले त्यसलाई अवरोध गरेको बताइएको छ ।

पक्राउ परेका व्यक्तिहरूको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?