Butwal Today

१४ सय थुनुवा अझै फरार

२३ आश्विन २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, २३ असोज ।

देशभरका विभिन्न प्रहरी कार्यालयमा हिरासतमा रहेका करिब १४ सय थुनुवा अझै फरार छन् ।

जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालयमा भएको आगजनी र तोडफोडपछि प्रहरीले केही थुनुवालाई छाडिदिएको थियो । तीमध्ये केही थुनुवा पक्राउ परे वा आफैं उपस्थित भए पनि अझै ठूलो संख्यामा थुनुवा फरार छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार, जेनजी प्रदर्शनका क्रममा छाडिएका मध्ये अझै करिब १४ सय थुनुवा फरार छन् । उनीहरूको खोजी कार्य जारी छ।

फरार रहेका थुनुवामा सामान्य अपराधदेखि कर्तव्य ज्यान, बलात्कारसम्बन्धी मुद्दा रहेका व्यक्ति पनि समावेश छन् ।