© २०२३
नेपालगन्ज, २३ असोज ।
नेपालगन्जको मौरी रेष्टुराँ’मा प्रहरीले छापामारी १४ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–२ वाईपास रोडस्माथित विज्ञान श्रेष्ठले सञ्चालन गरेको मौरी रेष्टुरेन्टुराँ एन्ड बारको दोस्रो तल्लामा जुवा खेलिरहेको अवस्थामा प्रहरीको टोलीले बुधबार राति साढे ११ बजे छापा मारेर जुवाडेलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार गोप्य सूचनाका आधारमा गरिएको उक्त छापामा जुवा खेलिरहेको समूहको साथबाट नगद १३ लाख ६३ हजार ८ सय रुपैयाँ बरामद गरिएको छ ।
प्रहरीले पक्राउ परेकामध्ये रेष्टुराँ सञ्चालक नेपालगन्ज–२ न्यूरोडका २८ वर्षीय विज्ञान श्रेष्ठ, नेपालगन्ज–१० का ३६ वर्षीय गणेश बस्नेत, नेपालगन्ज–१६ जयसपुरका ४६ वर्षीय सेताज अन्सारी, नेपालगन्ज–९ त्रिभुवनचोकका २४ वर्षीय ऋषि गुप्ता, नेपालगन्ज–४ बसपार्कका ५२ वर्षीय तरूण गौतम, नेपालगन्ज–१२ कोरियनपुरका ३७ वर्षीय बिनोद खड्का, र सोही क्षेत्रका ४८ वर्षीय मोहम्मद सफिक बेहनालाई नियन्त्रणमा लिएको हो ।
त्यसैगरी, नेपालगन्ज–१८ कारकाँदोका ४७ वर्षीय सङ्गम शाह, नेपालगन्ज–४ बसपार्कका ५० वर्षीय मधुसूदन दहाल, सोही ठाउँका ४५ वर्षीय मेघराज गौतम, नेपालगन्ज–१ धम्बोजीका ४५ वर्षीय रमेश शाही, कोहलपुर नगरपालिका–११ पिपलचौताराका ३८ वर्षीय भागिरथ यादव, कोहलपुर–९ झण्डहवाका ४२ वर्षीय नन्दलाल यादव र कोहलपुर–२ लक्ष्मणपुरका ४० वर्षीय सुमन केसी पनि पक्राउ परेका छन् ।
पक्राउ परेकाहरूमाथि जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार यस्ता किसिमका अवैध जुवा तासका गतिविधिमा संलग्न व्यक्तिहरूमाथि निरन्तर निगरानी राख्ने र आवश्यक कानुनी कारबाही गर्ने तयारी गरिएको छ ।