ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ

१० करोड बढीका भेडा तथा खसीबोकाको कारोबार

२२ आश्विन २०८२, बुधबार
२२ आश्विन २०८२, बुधबार

जुम्ला, २२ असोज ।

जुम्लामा यसवर्षको दसैँमा रु. १० करोडभन्दा बढीको भेडा, खसीबोकाको कारोबार भएको छ । सदरमुकाम खलङ्गा बजारलगायत यहाँका स्थानीय तहमा भएको खसी, बोका तथा भेडा खरिद बिक्रीबाट यसवर्ष रु १० करोड रकम बराबरको कारोबार भएको चन्दननाथ नगरपालिकाअन्तर्गत पशुपक्षी विकास शाखाका प्रमुख वीरबहादुर रावतले जानकारी दिए ।

उनले भने, ‘कारोबार भएको उक्त रकममध्ये भेडातर्फ रु नौ करोड ३४ लाख ८८ हजार तथा रु ३७ लाख ४० हजारको खसी, बोका खरिद बिक्री भएको हो । चन्दननाथ नगरपालिकामा भने रु २६ लाख ७७ हजारको राँगा, भैँसीसमेत कारोबार भएको छ।’

यस वर्षको दसैँमा जुम्लामा पाँच हजार ८४३ वटा भेडा बिक्री भएको तथ्यांक छ । यसैगरी, २५६ खसी र ६३ राँगा, भैँसी खरिद बिक्री भएको छ । दसैँमा स्थानीय भेडाको अधिकतम मूल्य रु. २३ हजार, न्यूनतम मूल्य रु. नौ हजार र औसत मूल्य रु. १६ हजार तोकिएको प्रमुख रावतले जानकारी दिए ।

त्यस्तै, खसीको अधिकतम मूल्य रु. २२ हजार, न्यूनतम मूल्य आठ हजार र औसत मूल्य रु. १५ हजार रहेको छ भने राँगो, भैँसीको अधिकतम मूल्य रु. ६१ हजार, न्यूनतम मूल्य २४ हजार र औसत मूल्य रु ४२ हजार ५०० रहेको थियो ।

जुम्लामा मुगु, कालीकोट, दैलेख, बाजुरालगायत जिल्लाबाट खसी, भेडा, राँगा, भैँसी ल्याइएको थियो । गत वर्षको दसैँमा रु. १६ करोड ३२ लाख ३१ हजार मूल्य बराबरका खसी, भेडा, राँगा, भैँसी खरिद बिक्री भएको चन्दननाथ नगरपालिका पशुपक्षी विकास शाखाले जनाएको छ ।

गत वर्षभन्दा यो वर्ष भेडा र खसीको मूल्य औसत रूपमा ३० प्रतिशतले घटेको यहाँका स्थानीय व्यापारी बताउँछन् । वि.सं. २०६८ देखि तिब्बती भेडाच्याङ्ग्रा ल्याउन छाडेपछि यहाँ जुम्ली भेडा, खसीबोका मात्रै बिक्रीवितरण हुने गरेका छन् । स्थानीय पशु अस्पताल तथा पशुसेवा कार्यालयका अनुसार जुम्लामा ८८ हजार भेडा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?