© २०२३
काठमाडौं, २२ असोज ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कैलालीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’ संस्थाका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय, कैलालीमा अनेरास्ववियु कैलालीका अध्यक्ष कुवेर खड्काले जाहेरी दर्ता गराएका हुन् । यद्यपि, खड्काले दिएको जाहेरी अहिलेसम्म दर्ता भएको छैन ।
अखिलले बालेन र सुदन गुरुङविरुद्ध देशभरि जाहेरी दिने अभियान सुरु गरिएको बताएको छ । अनेरास्ववियुका अनुसार, आजदेखि देशभरका सबै जिल्लामा किटानी जाहेरी दिने कार्यक्रम अघि बढाइएको छ ।
यसअघि मंगलबार अखिलले काठमाडौं जिल्ला प्रहरी परिसरमा पनि जाहेरी दिन गएको थियो । तर सो जाहेरी पनि अहिलेसम्म दर्ता गरिएको छैन । प्रहरीले सो मुद्दाबारे सरकारी वकिलसँग परामर्श गरी २४ घण्टाभित्र जवाफ दिने बताएको थियो ।
