ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ

नेता र व्यवस्थापक दुवै आवश्यकः सफल शासनको सूत्र

२२ आश्विन २०८२, बुधबार
२२ आश्विन २०८२, बुधबार

नेपालको सन्दर्भमा राजनीति केवल सत्ताको खेल होइन, बरु समाजलाई दिशा दिने, भविष्यको बाटो खोल्ने र नागरिकमा आशा जगाउने माध्यम हो भन्ने कुरा बारम्बार पुष्टि भएको छ । इतिहासले देखाएको छ कि जब राजनीति केवल पद, शक्ति र स्वार्थकै घेरामा सीमित हुन्छ, त्यसबेला जनतामा निराशा फैलिन्छ, तर जब यसले नया दृष्टि, आदर्श र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने बाटो खोल्छ, त्यसबेला मात्र यसको सार्थकता प्रमाणित हुन्छ । हाम्रो राजनीतिक यात्रा सधैं दुई तहमा अगाडि बढ्दै आएको छ—एकातिर तिनीहरू हुन्छन् जसलाई हामी नेता भन्छौं, जसले ठूलो सपना देख्छन्, विचार ल्याउँछन्, आन्दोलनलाई दिशा दिन्छन् र जनतालाई उत्साहित पार्छन् । उनीहरूले आन्दोलनको समयमा आशा जगाउँछन्, संविधान निर्माणमा दीर्घकालीन लक्ष्य कोर्छन् र चुनावताका जनतामाझ उज्यालो भविष्यको वाचा गर्छन् । अर्कोतिर, त्यही सपना र दृष्टिलाई व्यवहारमा उतार्ने जिम्मा भने व्यवस्थापक मानसिकता भएका पात्रहरूमाथि आउँछ । व्यवस्थापकले स्रोत–साधनको संयोजन गर्छन्, प्रशासनिक दक्षता देखाउँछन्, बजेट र समयलाई सन्तुलित गर्छन्, नीति कार्यान्वयन गर्छन् र दैनन्दिन कार्य सुनिश्चित गर्छन् । नेपालको लोकतान्त्रिक व्यवस्थामा यी दुई पक्षहरू छुट्टै छैनन्, बरु गहिरो रूपमा गाँसिएका छन्, किनकी एउटाले मात्र काम गर्दा असन्तुलन उत्पन्न हुन्छ । केवल नेताले मात्र भविष्य उज्यालो देखाइदिएर पुग्दैन, त्यो दृष्टि व्यवहारमा उतार्ने व्यवस्थापन प्रणाली नहुँदा जनताको अपेक्षा अधुरै रहन्छ । त्यस्तै, केवल व्यवस्थापक भएर नियम, प्रक्रिया र स्रोतलाई मिलाएर बस्दा स्थायित्व त हुन्छ, तर उत्साह, भावनात्मक प्रेरणा र सामाजिक रूपान्तरणको शक्ति हराउँछ । यही कारणले नेपालजस्तो संक्रमणशील लोकतन्त्रमा दुवै गुण—नेताको दृष्टि र व्यवस्थापकको संयोजन—समान रूपमा आवश्यक छ, अन्यथा हाम्रो राजनीति बारम्बार अधुरो र असन्तुलित बन्ने खतरा रहिरहन्छ ।

१. राजनीतिक नेताको भूमिका

क) दृष्टि निर्माण

राजनीतिक नेताको पहिलो र सबैभन्दा महत्वपूर्ण भूमिका भनेको समाजलाई भविष्यको बाटो देखाउने हो । नेता भन्नाले केवल चुनाव जित्ने व्यक्ति मात्र होइन, बरु दीर्घकालीन दृष्टि निर्माण गर्ने, देशलाई कुन दिशामा लैजानुपर्ने भन्ने स्पष्ट धारणा दिने व्यक्ति पनि हो । नेपालका उदाहरणमा हेर्ने हो भने, बिपी कोइरालाले लोकतान्त्रिक समाजवादको अवधारणा प्रस्तुत गरे, जसले देशलाई नयाँ राजनीतिक चेतना दियो । त्यस्तै, गणतन्त्र स्थापनाको आन्दोलनमा नेताहरूले ‘राजाको निरंकुश शासन अन्त्य’ र ‘जनताद्वारा जनताको शासन’ भन्ने स्पष्ट दृष्टि अघि सारे ।

दृष्टि निर्माण भन्नाले केवल नारा वा घोषणापत्रमा शब्द लेख्नु मात्र होइन; देशको संरचना, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, कुटनीति र सामाजिक न्यायसम्मको दीर्घकालीन मार्गचित्र तय गर्नु हो । जब नेतासँग यस्तो दृष्टि हुँदैन, राजनीति दिशाहीन हुन्छ । त्यसैले, नेताले आफ्ना व्यक्तिगत वा पार्टीगत स्वार्थभन्दा माथि उठेर, सम्पूर्ण समाजलाई दीर्घकालीन लक्ष्यमा जोड्न सक्ने क्षमताको प्रदर्शन गर्नुपर्छ ।

ख) जनताको विश्वास जगाउने

राजनीतिक नेताको असली शक्ति हतियार वा पद होइन, बरु जनताले दिएको विश्वास हो । विश्वासबिना नेताले कुनै पनि परिवर्तन सम्भव बनाउन सक्दैन । विश्वास भनेको केवल चुनावताका वाचा गरेर प्राप्त हुने कुरा होइन; त्यो त निरन्तर अभ्यास, इमानदारी, पारदर्शीता र जनताको दुःखसुखमा साथ दिन सक्ने गुणद्वारा कमाइने पुँजी हो ।

नेपालमा पटक–पटक देखिएको छ—जब नेताले जनतासँगको विश्वास गुमाउँछन्, सडक आन्दोलन उठ्छ, सरकार ढल्छ, र नयाँ राजनीतिक संरचना जन्मिन्छ । जनताले २०४६ सालको जनआन्दोलनमा लोकतन्त्रमा विश्वास गरे, २०६२÷६३ सालको आन्दोलनमा गणतन्त्रको सपना देखे । यी सबै आन्दोलन नेताहरूको आह्वान मात्र होइन, जनताले तिनलाई विश्वास गरेको कारणले सफल भए । यसरी भन्न सकिन्छ, राजनीतिक नेताले पाएको जनविश्वास नै उसको सबैभन्दा ठूलो शक्ति हो ।

ग) परिवर्तनको प्रेरणा

राजनीतिक नेताले केवल स्थायित्वलाई मात्र खोज्दैन; उसले समाजमा आवश्यक परे परिवर्तन ल्याउने जिम्मेवारी लिन्छ । परिवर्तन कहिलेकाहीँ पीडादायी हुन्छ, तर त्यो समाजलाई दीर्घकालीन रूपमा सक्षम बनाउन अपरिहार्य हुन्छ । नेपालमा हरेक ठूलो परिवर्तन—जस्तै राणा शासनको अन्त्य, पञ्चायती व्यवस्थाको विसर्जन, राजतन्त्रको अन्त्य—सबै नेताहरूको पहल र जनआन्दोलनमार्फत सम्भव भयो ।

नेता बिना परिवर्तनको कल्पना गर्न सकिँदैन । व्यवस्थापकहरूले विद्यमान संरचनालाई चलाइराख्छन्, तर नेताले त्यस संरचनाको कमजोरी देख्छन्, नयाँ मार्ग खोज्छन् र समाजलाई त्यतातर्फ धकेल्छन् । नयाँ संविधानको निर्माण, समावेशीकरणको नीति, वा संघीयताको अभ्यासयी सबै नेताको राजनीतिक पहलले मात्र जन्माएका उपलब्धि हुन् ।

घ) भावनात्मक सम्बन्ध

राजनीतिक नेताको अर्को महत्वपूर्ण पक्ष भनेको जनताको भावना बुझ्ने र त्यससँग जोडिन सक्ने क्षमता हो । नेता भनेको केवल नियम बनाउने वा नीति कार्यान्वयन गर्ने व्यक्ति मात्र होइन, बरु जनताको दुःख, पीडा, आकांक्षा र आशा महसुस गर्ने व्यक्तित्व हो ।

नेपालमा प्राकृतिक विपत्ति जस्तै भूकम्प, महामारी वा बाढीपहिरोको समयमा जनताले नेताबाट अपेक्षा गर्ने कुरा भनेकै भावनात्मक साथ हो । जब नेता विपत्तिको घडीमा गाउँ–बस्ती पुग्छन्, राहतको मात्र होइन, भावनात्मक सहानुभूति देखाउँछन्, त्यहीबेला जनताको मनमा ‘यो हाम्रो नेता हो’ भन्ने भावना जन्मिन्छ ।

त्यसैगरी, सामाजिक विभाजन, जातीय वा क्षेत्रीय असमानतामा नेताले भावनात्मक रूपमा सबैलाई जोड्न सके मात्र समाज एकजुट हुन्छ । उदाहरणका लागि, २०६२÷६३ को आन्दोलनमा नेता केवल राजनीतिक घोषणामै सीमित भएनन्, बरु विभिन्न जातजाति, क्षेत्र र वर्गबीच एकता कायम गर्न भावनात्मक सम्बन्ध बनाए, जसको फलस्वरूप ठूलो परिवर्तन सम्भव भयो ।

२. राजनीतिक व्यवस्थापकको भूमिका

क) प्रशासनिक संयोजन

राजनीतिक व्यवस्थापकको पहिलो जिम्मेवारी भनेको दृष्टि वा घोषणालाई व्यवहारमा उतार्ने प्रशासनिक संयोजन हो । राजनीतिक नेताले ठूलो सपना देखे पनि त्यो सपना पूर्ण गर्न संसाधन, कर्मचारी, बजेट र समय व्यवस्थापन बिना सम्भव हुँदैन । व्यवस्थापक मानसिकता भएको पात्रले यिनै सबै स्रोतहरूलाई सन्तुलनमा ल्याउने काम गर्छ ।

नेपालमा संघीय व्यवस्था लागू भएपछि प्रशासनिक संयोजन अझै जटिल भएको छ । संघ, प्रदेश र स्थानीय तहबिचको अधिकार बाँडफाँड, बजेटको सही वितरण, कर्मचारी खटाउने प्रक्रिया—यी सबैमा व्यवस्थापकको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । उदाहरणका लागि, स्वास्थ्य क्षेत्रमै मात्र हेर्ने हो भने, सरकारले ‘सबैलाई आधारभूत स्वास्थ्य’ भन्ने दृष्टि दिएको छ, तर त्यो कार्यान्वयन गर्न बजेट व्यवस्थापन, औषधी आपूर्ति, तालिम प्राप्त स्वास्थ्यकर्मी खटाउने जस्ता कार्य व्यवस्थापकको क्षमता बिना सम्भव हुँदैन ।

ख) नीति कार्यान्वयन

राजनीतिक घोषणाले मात्र जनताको जीवनमा परिवर्तन ल्याउन सक्दैन । चुनावमा घोषणा गरिएका कार्यक्रमहरू, संसद्मा पारित नीति वा मन्त्रिपरिषद् स्तरमा बनेका निर्णयलाई व्यवहारमा उतार्ने काम व्यवस्थापकीय सोचले गर्छ ।

नीति कार्यान्वयन भन्नाले केवल कागजमा कार्यक्रम बनाउनु होइन, बरु त्यसको ठोस परिणाम सुनिश्चित गर्नु हो । नेपालमा धेरै पटक राम्रो नीति बनेको छ—जस्तै शिक्षा निःशुल्क, रोजगारका अवसर सिर्जना, आधारभूत पूर्वाधार विकास—तर ती कार्यान्वयनमा कमजोर हुँदा जनता निराश भएका छन् । त्यसैले, व्यवस्थापकको जिम्मेवारी भनेको योजनालाई समयमै सुरु गर्ने, सही ढंगले सञ्चालन गर्ने र परिणाम नापेर जनतालाई जवाफ दिने हो । उदाहरणका लागि, ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ कागजमा राम्रो योजना थियो, तर व्यवस्थापकीय कमजोरीका कारण अपेक्षित नतिजा दिन सकेन ।

ग) स्थायित्व कायम राख्ने

राजनीति मूलतः अस्थिरतामा आधारित हुन्छ, किनभने नेताहरूको प्रतिस्पर्धा, आन्दोलन, र सत्ता–परिवर्तन निरन्तर भइरहन्छ । तर व्यवस्थापकको सोचले नियम, प्रक्रिया र संस्थागत ढाँचामार्फत स्थायित्व कायम राख्छ ।

नेपालको सन्दर्भमा हेर्ने हो भने, पटक–पटक सरकार परिवर्तन भए पनि सरकारी कार्यालयहरू, स्थानीय तह, विद्यालय, अस्पताल, अदालत—यी संस्थाहरू निरन्तर काम गरिरहेका हुन्छन् । यसको कारण व्यवस्थापक मानसिकता हो, जसले ‘प्रणालीले काम गर्नै पर्छ’ भन्ने धारणामा विश्वास राख्छ । यदि व्यवस्थापकको सोच कमजोर भयो भने, हरेक राजनीतिक परिवर्तनसँगै प्रणाली पनि ढल्छ, जसले देशलाई दीर्घकालीन रूपमा कमजोर बनाउँछ । त्यसैले, संस्थागत स्थायित्व कायम राख्ने जिम्मेवारी व्यवस्थापकको प्रमुख भूमिका हो ।

घ) दैनिक समस्या समाधान

राजनीतिक व्यवस्थापकको चौथो महत्वपूर्ण भूमिका भनेको दैनन्दिन समस्याहरूको समाधान गर्नु हो । जनताका तत्काल समस्या—जस्तै खाद्यान्न वितरण, भूकम्पपछि राहतको व्यवस्थापन, महामारी नियन्त्रण, बाढीपहिरो व्यवस्थापन—यी सबै व्यवस्थापकीय सोचमा आधारित हुन्छन् ।

उदाहरणका लागि, २०७२ सालको भूकम्पपछि सम्पूर्ण देशमा उद्धार, राहत र पुनर्निर्माणको ठूलो चुनौती खडा भएको थियो। नेताहरूले ‘पुनर्निर्माण गरेर देशलाई बलियो बनाउने’ भन्ने दृष्टि दिए, तर त्यो दृष्टि व्यवहारमा उतार्ने काम व्यवस्थापक तहले नै गरे । राहत सामग्री वितरण, अस्थायी बासस्थान निर्माण, विद्यालय पुनः सञ्चालन, स्वास्थ्य सेवाको पहुँच विस्तार—यी सबै दैनन्दिन चुनौतीहरूको समाधान व्यवस्थापक सोचले सम्भव बनायो ।

त्यस्तै, कोभिड–१९ महामारीका बेला ‘जनताको जीवन रक्षामा सरकार गम्भीर छ’ भन्ने नेताहरूको घोषणालाई व्यवहारमा उतार्ने काम व्यवस्थापकहरूले गरे—जस्तै क्वारेन्टाइन स्थापना, स्वास्थ्य सामग्री खरिद, खोप वितरण, अस्पतालको व्यवस्थापन । यी दैनन्दिन तर अत्यन्त महत्वपूर्ण काम व्यवस्थापकको दक्षता बिना सम्भव हुने कुरा थिएन ।

३. नेतात्व र व्यवस्थापकबीचको अन्तर

राजनीतिक क्षेत्रमा नेतात्व र व्यवस्थापकबीचको अन्तर प्रायः स्पष्ट देखिन्छ, तर वास्तवमा यी दुई एकअर्काका पूरक पक्ष हुन्। हामी सामान्य रूपमा नेतालाई भविष्य र दृष्टिकोणको वाहक मान्छौं भने व्यवस्थापकलाई वर्तमान कार्यान्वयन र प्रणालीको संरक्षक ।

क) मुख्य केन्द्र

नेतात्वको मुख्य केन्द्र भनेकोभविष्य र दीर्घकालीन लक्ष्य हो । नेता समाजलाई भविष्यको बाटो देखाउँछ, नयाँ नीति र सुधारका विकल्पहरू प्रस्ताव गर्छ । उदाहरणका लागि, नेपालको गणतन्त्र स्थापनामा नेताहरूले पुरानो राजतन्त्रको संरचनालाई चुनौती दिँदै नयाँ संविधान र लोकतान्त्रिक संरचना निर्माण गर्ने सपना देखाएका थिए । व्यवस्थापकको मुख्य केन्द्र भनेकोवर्तमान र प्रक्रिया हो । उनीहरूले नीति र योजना व्यवहारमा कसरी लागु गर्ने भन्ने व्यवस्था गर्छन् । संघीय नेपालमा बजेट व्यवस्थापन, कर्मचारी खटाउने, स्थानीय तहको काम सञ्चालन गर्ने जस्ता जिम्मेवारी व्यवस्थापकको केन्द्रविन्दु हो ।

ख) कार्यशैली

नेता कार्यशैलीमाप्रेरणा र भावनात्मक सम्बन्धलाई प्राथमिकता दिन्छ । उनीहरूले जनतालाई आशावादी बनाउने, आन्दोलनमा जोड्ने, कठिन घडीमा एकजुट गर्ने कार्य गर्छन् । विपत्तिका बेला नेताले जनताको मनोबल बढाउँछन्, विश्वास जगाउँछन् । व्यवस्थापकको कार्यशैली भनेनियम, प्रणाली र संरचनामा आधारित हुन्छ । उनीहरूले योजना अनुसार काम गर्ने, नियम पालना गराउने, दैनन्दिन कार्य संचालन गर्ने र परिणाम सुनिश्चित गर्ने जिम्मेवारी लिन्छन् ।

ग) उद्देश्य

नेताको उद्देश्य प्रायःपरिवर्तन र नयाँ बाटो खोल्नेमा केन्द्रित हुन्छ । समाजलाई पुरानो संरचनाबाट बाहिर निकालेर नयाँ सोच र दृष्टिमा लैजान नेता प्रेरित गर्छ । व्यवस्थापकको उद्देश्य भने स्थायित्व र कार्यान्वयनहो। नियम र प्रक्रियालाई व्यवस्थित राखेर लगातार काम सुचारु गर्ने, अस्थिरता कम गर्ने र जनतालाई दीर्घकालीन सेवा उपलब्ध गराउने व्यवस्थापकको प्रमुख जिम्मेवारी हो ।

घ) संसार बुझ्ने तरिका

नेता संसार बुझ्ने तरिकामा प्रश्न गर्छ—“के गर्नुपर्छ ? र किन गर्नुपर्छ ?” उनी दृष्टिकोण र महत्वको आधारमा निर्णय गर्छन्। व्यवस्थापक संसार बुझ्ने तरिकामा विचार गर्छ—“कसरी गर्ने? र कहिले गर्ने ?” उनी योजनालाई व्यावहारिक र समयसापेक्ष बनाउने उपाय खोज्छन् ।

ङ) पूरक सम्बन्ध

यद्यपि नेतात्व र व्यवस्थापकबिच फरक देखिन्छ, तर वास्तविक राजनीतिमा यी दुई पूर्ण रूपमा अलग छैनन् । नेता बिना व्यवस्थापकका योजना दिशाहीन हुन्छन्, व्यवस्थापक बिना नेताको दृष्टि मात्र सपना रहन्छ । नेपालमा धेरै पटक नीति र योजना बनेको छ, तर कार्यान्वयनमा कमजोर व्यवस्थापकको कारणले जनताले अपेक्षित परिवर्तन अनुभव गर्न सकेनन् । अर्कोतर्फ, केवल व्यवस्थापक भएर मात्र नियम पालन गरियो भने समाज स्थिर रहन्छ, तर नयाँ सोच र परिवर्तनको ऊर्जा हराउँछ ।

यसरी, नेतात्व र व्यवस्थापनको सन्तुलनले मात्र राजनीति सजीव, स्थिर र दीर्घकालीन रूपान्तरण सक्षम बनाउँछ । नेतृत्वले समाजलाई दिशा दिन्छ, व्यवस्थापनले त्यस दिशामा यात्रा सम्भव बनाउँछ ।

४. सिद्धान्तगत आधार

राजनीति र व्यवस्थापनबिचको अन्तर र सम्बन्धलाई बुझ्नका लागि विभिन्न सिद्धान्तहरूले स्पष्ट आधार दिन्छन् । यी सिद्धान्तहरूले देखाउँछन् कि नेता र व्यवस्थापक अलग–अलग भए पनि वास्तवमा दुवै गुण आवश्यक छन् ।

क) कोटरको भिन्नता

विश्वप्रसिद्ध नेतृत्व विज्ञजोन कोटरअनुसार, राजनीतिक नेताले परिवर्तनसँग जुध्नेभूमिका खेल्छ भने व्यवस्थापकले जटिलता नियन्त्रण गर्ने काम गर्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने, नेताले नयाँ संविधान ल्याउने, संघीयता लागू गर्ने वा पुराना संरचनालाई चुनौती दिने निर्णय गर्छन् । व्यवस्थापकले त्यही परिवर्तनलाई व्यवहारमा उतार्न नियम, प्रक्रिया र स्रोत व्यवस्थापन गरेर जटिलता कम गर्छ ।

यसले देखाउँछ कि राजनीति केवल नेतृत्व वा केवल व्यवस्थापनमा सीमित छैन; दुवै पक्षको सन्तुलन आवश्यक छ । नेता बिना व्यवस्थापकको नियन्त्रण, नीति दिशाहीन रहन्छ; व्यवस्थापक बिना नेताको दृष्टि, कार्य केवल औपचारिकता मात्र रहन्छ ।

ख) मिन्ट्जबर्गको भूमिकाहरू

हेनरी मिन्ट्जबर्गले उच्च पदमा रहेका व्यक्तिहरूले तीन प्रकारका भूमिका खेल्नुपर्ने बताए—निर्णयात्मक, सूचनात्मक र अन्तरवैयक्तिक । यसको मतलब, राजनीतिक नेताले निर्णय लिनुपर्छ, सूचना व्यवस्थापन गर्नुपर्छ र जनतालाई प्रेरित गर्नु पर्छ । तर, यो केवल नेताको जिम्मेवारी होइन; व्यवस्थापकले पनि यही तीनै भूमिका खेल्नुपर्छ ।

नेपालमा उदाहरणका लागि, संघीय संरचना लागू गर्दा मन्त्रीले निर्णयात्मक भूमिका खेल्छन्, सम्बन्धित निकायले सूचना सङ्कलन र विश्लेषण गर्छ, र जनतासँग अन्तरवैयक्तिक सम्बन्ध बनाएर काम अघि बढाउँछ । यसले स्पष्ट पार्छ कि नेता र व्यवस्थापकबीच स्पष्ट सीमाना छैन; दुवैले सँगसँगै काम गर्नुपर्छ ।

ग) मास्लो र हर्जबर्गको दृष्टि:

मास्लोको आवश्यकता सिद्धान्त

एब्राहाम मास्लोअनुसार मानिसको आवश्यकता श्रृंखला हुन्छ । आधारभूत आवश्यकता—खाना, बासस्थान, सुरक्षा—व्यवस्थापन मार्फत सुनिश्चित हुन्छ। उदाहरणका लागि, विपत्तिको समयमा राहत वितरण, सार्वजनिक स्वास्थ्य सेवा, रोजगार—यी सबै व्यवस्थापकको सोचमा आधारित हुन्छन् ।

तर मानिसलाई केवल आधारभूत आवश्यकताले सन्तुष्ट बनाउँदैन । आत्मसाक्षात्कार, उद्देश्य, गर्व र समाजमा योगदानको भावना आवश्यक हुन्छ, जुन नेतृत्वले दिन्छ । नेपालमा २०६२÷६३ को आन्दोलनका क्रममा नेताहरूले केवल आधारभूत अधिकारको वाचा मात्र दिएनन्, नागरिकलाई आफ्नो भविष्यमा योगदान गर्ने प्रेरणा पनि दिए ।

हर्जबर्गको प्रेरणा सिद्धान्त

फ्रेडरिक हर्जबर्गअनुसार असन्तोष घटाउने कारक—जस्तै तलब, सुविधा, संरचना—व्यवस्थापकको जिम्मा हो । तर वास्तविक प्रेरणा र उत्साह—जसले नागरिक वा कर्मचारीलाई सक्रिय बनाउँछ—नेताको गुण हो ।

नेपालमा धेरै सरकारी योजना कागजमै राम्रो देखिन्छ, तर जनतालाई प्रेरित नगरेको खण्डमा प्रभाव कम हुन्छ । विपरीत, नेताले उद्देश्य र मान्यता दिन्छन् भने, व्यवस्थापकले त्यसलाई ठोस रूप दिन सक्छ ।

यी सिद्धान्तहरूले स्पष्ट देखाउँछन्—राजनीतिक नेतृत्व र व्यवस्थापन अलग भए पनि पूरक हुन्। नेता बिना व्यवस्थापकको संरचना कार्यान्वयन योग्य हुँदैन; व्यवस्थापक बिना नेताको दृष्टि केवल सपना रहन्छ । नेपालजस्तो संक्रमणशील लोकतन्त्रमा दुवै गुण—नेतृताको प्रेरणा र व्यवस्थापकको दक्षता—समान रूपमा आवश्यक छ ।

५. किन व्यवस्थापकले पनि नेताको गुण लिनुपर्छ ?

नेपालमा राजनीतिक प्रणाली केवल नियम, प्रक्रिया वा संस्थागत संरचनामा आधारित छैन। यहाँका नागरिकले शासनको दीर्घकालीन दृष्टि र कार्यान्वयन मात्र चाहँदैनन्, उनीहरूलाईप्रेरणा, आशा र विश्वासपनि चाहिन्छ । त्यसैले व्यवस्थापकले मात्र दक्षता देखाउनु पर्याप्त छैन; नेतासँगै हुने गुण—जनताको भावना बुझ्ने, प्रेरित गर्ने, र परिवर्तनका लागि मार्गदर्शन दिने क्षमता—समेत आवश्यक छ ।

क. जनताको अपेक्षा

आजको लोकतान्त्रिक प्रणालीमा नागरिक केवल नियम पालना गर्ने अपेक्षा राख्दैनन् । उनीहरूले आफ्ना अधिकार र आवश्यकतासँगै आशा र भविष्यमा योगदानको अवसर चाहन्छन् । उदाहरणका लागि, संघीय संरचना लागू भएको नेपालमा स्थानीय तहका नागरिकले केवल प्रक्रियागत सेवा चाहँदैनन्, उनीहरू नेतृत्वद्वारा देखाइएको मार्ग र सहभागिता पनि चाहन्छन् । यसकारण व्यवस्थापकले केवल दैनन्दिन काम गर्नुको सट्टा, नागरिकलाई उत्साहित गर्ने क्षमता पनि विकास गर्नुपर्छ ।

ख. परिवर्तनशील अवस्था

विश्व राजनीति निरन्तर परिवर्तनशील छ । नयाँ अन्तर्राष्ट्रिय चुनौती, आर्थिक सन्त्रास, प्रविधि र सामाजिक चेतनाका परिवर्तनले राजनीतिक व्यवस्थापनलाई निरन्तर अनुकूल हुन बाध्य बनाउँछ । केवल स्रोत र प्रक्रिया व्यवस्थापन गरेर यी परिवर्तनलाई सामना गर्न सकिँदैन । व्यवस्थापकले नेताजस्तोदृष्टि र अग्रसरतालिनु पर्दछ, ताकि बदलिँदो परिस्थितिमा योजना र नीति प्रभावकारी रहोस् । नेपालमा कोरोनाभाइरस महामारीको समयमा स्वास्थ्य नीति मात्र पर्याप्त थिएन; व्यवस्थापकले रणनीतिक दृष्टि अपनाएर खोप वितरण, क्वारेन्टाइन व्यवस्थापन र जनचेतना अभियान चलाए ।

ग. विश्वास निर्माण

नागरिकले प्रणालीलाई स्वीकार्नु केवल नियम र कानुनको कारणले हुँदैन; विश्वासपनि आवश्यक हुन्छ । व्यवस्थापकले यदि केवल कागजी काम मात्र गरे भने, जनता प्रणालीप्रति शंका राख्छन् । तर व्यवस्थापकले नेताजस्तोभरोसा र प्रेरणा दिने क्षमतादेखाएमा, नागरिकले नियम र नीतिलाई आत्मसाथ गर्छन्। नेपालको विगतका राजनीतिक आन्दोलनमा यो कुरा स्पष्ट देखिएको छ—संकटका बेला व्यवस्थापकले मात्र सेवा प्रदान गर्दा पनि जनता पूर्ण विश्वास राख्दैनथे, तर नेतासँगको संयोजनले विश्वास र सहकार्य दुवै सुनिश्चित भयो ।

घ. संकट व्यवस्थापन

महामारी, प्राकृतिक प्रकोप, वा युद्धको समयमा केवल व्यवस्थापन पर्याप्त हुँदैन । व्यवस्थापकले संसाधन मिलाउन सक्छ, तर संकटको समयमाजनतालाई मानसिक र भावनात्मक ऊर्जादिन नेताजस्तो गुण आवश्यक हुन्छ । उदाहरणका लागि, २०७२ को भूकम्पका समयमा व्यवस्थापकले राहत सामग्री वितरण, अस्थायी बासस्थान निर्माण, अस्पताल सञ्चालन आदि सुनिश्चित गरे । तर जनतालाई डर, पीडा र अनिश्चितताबाट मुक्त गराउने, उनीहरूलाई एकजुट गर्ने काम नेताले गरेको भावनात्मक नेतृत्वको फल थियो। यसले स्पष्ट पार्छ कि व्यवस्थापकले पनि नेताको गुण लिनु अपरिहार्य छ ।

६. नेपालको सन्दर्भ

क) ऐतिहासिक उदाहरण

नेपालको राजनीतिक इतिहासले देखाउँछ कि सन्तुलित नेतात्व र व्यवस्थापन भएका व्यक्तिहरूले मात्र दीर्घकालीन प्रभाव पार्न सकेका छन् ।

बी.पी. कोइराला : बी.पी. केवल साहित्यकार होइन, राजनीतिक नेतृत्वका दृष्टिले पनि अत्यन्त प्रभावशाली थिए। उनले नेपाली जनताका लागि नयाँ लोकतान्त्रिक मार्ग प्रस्तुत गरे र संविधान निर्माणको अभियानमा सक्रिय भूमिका निभाए । त्यही समयमा उनीव्यवस्थापकको रूपमा पनि सक्षम थिए, पार्टीको संरचना, अभियान संचालन र स्रोत व्यवस्थापनमा कुशल थिए । यस संयोजनले उनीलाई केवल सपनावादी नेता नभई व्यवहारिक र सक्षम राजनीतिक व्यक्तित्व बनायो ।

मनमोहन अधिकारी : उनी अल्पकालीन प्रधानमन्त्री भए पनि उनले व्यवस्थापन र प्रशासनिक दक्षता देखाए । जनतासँग प्रत्यक्ष सम्पर्क, नीति कार्यान्वयन र संसाधन व्यवस्थापनमा उनको कार्यशैलीले जनतामा विश्वास बढायो । यही कारणले उनलाई “जनताको सरकार” भनेर सम्झिन्छन् । नेपालमा धेरै पटक नेताहरूले ठूलो दृष्टि देखाए पनि कार्यान्वयनमा असफल हुन्छन्; तर मनमोहन अधिकारीको सन्तुलनले छोटो समयमै पनि सकारात्मक प्रभाव देखायो ।

ख) अहिलेको चुनौती

आजको नेपालको राजनीतिक परिप्रेक्ष्यमा धेरै नेता केवल भबिष्यको दृष्टि मात्र दिन्छन्, तर व्यवस्थापनमा कमजोर भएका कारण कार्यान्वयन असफल हुन्छ । अर्कोतर्फ, केही व्यवस्थापकीय सोच भएका पात्रहरू छन्, तर जनतालाई प्रेरित गर्न सक्दैनन् । यसरी नेताको दृष्टि र व्यवस्थापकको दक्षता बिचको असन्तुलनले राजनीतिक अस्थिरता, नीति निरन्तरता नहुँदा जनता असन्तुष्ट हुने र लोकतन्त्र कमजोर हुने जोखिम बढाउँछ । संघीय संरचना, चुनावी प्रणाली र बहुदलीय प्रतिस्पर्धाको सन्दर्भमा यो चुनौती अझ स्पष्ट देखिन्छ ।

७. अन्तर्राष्ट्रिय दृष्टान्त

नेपालमात्र होइन, विश्व राजनीति पनि देखाउँछ किनेतृत्व र व्यवस्थापनको सन्तुलन भए मात्र देश वा समाज सफल हुन्छ ।

नेल्सन मण्डेला (दक्षिण अफ्रिका) : उनले केवल दृष्टि प्रस्तुत गरेनन्; आफैंले व्यवस्थापन र समन्वय गरेर सुलह र सहमति कायम गरे । दासत्व अन्त्य पछि देशमा सामाजिक स्थायित्व ल्याउन केवल कानून वा संरचना पर्याप्त थिएन; मण्डेलाले भावनात्मक नेतृत्व, विश्वास निर्माण र रणनीतिक व्यवस्थापन गरेर सामाजिक एकता सुनिश्चित गरे ।

ली कुआन यु (सिंगापुर) : उनले व्यवस्थापनको दक्षता र नेतात्वको दृष्टि दुबै मिलाएर देशलाई “गरिबीबाट समृद्धि”मा पु¥याए । उनले दीर्घकालीन योजना बनाए, प्रशासनिक प्रणालीलाई चुस्त बनायो, जनतालाई प्रेरित ग¥यो र अन्तर्राष्ट्रिय प्रतिस्पर्धासँग सामन्जस्य राखेर सिंगापुरलाई विकसित राष्ट्रको स्तरमा पु¥याए ।

८. नेपालमा न्भल श्आन्दोलनः नेतात्व र व्यवस्थापनको अभाव

हालैको समयमा नेपालमा भएको Gen Z आन्दोलनले युवा पुस्ताको राजनीतिक चेतना र सामाजिक सक्रियता उजागर गरेको छ । भ्रष्टाचार, बेरोजगारी, सामाजिक असमानता, र सरकारी निर्णयमा असन्तोषले युवा पुस्तालाई सडकमा उत्रन बाध्य बनायो । यस आन्दोलनले देखायो कि युवाहरूमा उत्साह, जोश र परिवर्तनको चाहना अत्यधिक थियो, तर दीर्घकालीन योजना, रणनीति, र व्यवस्थित कार्यान्वयनको कमीले आन्दोलनलाई पूर्ण प्रभावकारी बनाउनुमा अवरोध ल्यायो । यो आन्दोलनको मुख्य कारणपूर्व नेताहरू र सरकारले नेतात्व तथा व्यवस्थापनको अभाव देखाउनु थियो । उनीहरूले दीर्घकालीन योजना र रणनीति पर्याप्त तयार गर्न सकेनन् । आन्दोलनको क्रममा पनि सहभागीहरूमा नेतृत्व र व्यवस्थापकीय गुण दुवैको कमी देखियो । यसले व्यापक विनाश, क्षति र अस्थिरता निम्त्यायो र आन्दोलन आफ्नो वास्तविक रूप प्राप्त गर्न सकेन ।

नेपालमा नेताहरू र सरकारहरूले नीति र योजना बनाउँथे, तर तिनलाई व्यवस्थापन र कार्यान्वयनको दक्षता नभएकोले अपेक्षित परिवर्तन ल्याउन सकेनन् । आन्दोलनमा सहभागी युवा र अन्य नागरिकहरू उत्साही भए पनि उनीहरूमा पनि नेतृत्व र व्यवस्थापकको गुण दुवैको कमी देखियो । परिणामस्वरूप, आन्दोलनमा विनाश, क्षति र अस्थिरता आयो र यसले चाहिएको स्थायित्व र रूप प्राप्त गर्न सकेन । यसले स्पष्ट पार्छ कि दीर्घकालीन परिवर्तनका लागि नेतृत्व र व्यवस्थापनको सन्तुलित संयोजन आवश्यक छ ।

यस आन्दोलनले स्पष्ट पारेको कुरा के हो भने, केवल जोश र दृष्टि पर्याप्त छैन । दीर्घकालीन परिवर्तन, सामाजिक सुधार र स्थायित्वका लागिनेताको दृष्टि र प्रेरणा र व्यवस्थापकको दक्षता दुवैको संयोजन अपरिहार्य छ । नेपालमा यो आन्दोलन राजनीतिक चेतना, नेतृत्व र व्यवस्थापन दुवैको आवश्यकता देखाउने एउटा सजीव उदाहरण बनेको छ ।

यसले आगामी पुस्ताका लागि पाठ दिएको छ—मात्र उत्साही नेतृत्वले मात्र समाजमा स्थायीत्व ल्याउन सक्दैन : कार्यान्वयन र स्रोत व्यवस्थापनको व्यवस्थापकीय क्षमता पनि अपरिहार्य छ ।

निष्कर्ष

सफल संगठन, टीम वा देश केवल प्रेरणादायी नेतृत्व वा कुशल व्यवस्थापनमा सीमित रहँदैन । यहाँको सफलता नेताको दृष्टि र प्रेरणा र व्यवस्थापकको दक्षता र संरचनात्मक सोचको सन्तुलित संयोजनमा निर्भर गर्दछ ।

नेता भविष्यको मार्ग देखाउँछ, चुनौती र परिवर्तनको सामना गर्न प्रेरित गर्छ, जनतालाई आशा र विश्वास दिन्छ । व्यवस्थापकले त्यस दृष्टिलाई व्यवहारमा उतार्छ, स्रोत र समय व्यवस्थापन गर्छ, नियम र प्रक्रिया कायम राख्छ, र परिणाम सुनिश्चित गर्छ ।

यदि केवल नेताको गुण मात्र भए, संगठन वा देशको योजना दिशाहीन रहन्छ; यदि केवल व्यवस्थापकको गुण मात्र भए, उत्साह र परिवर्तनको शक्ति हराउँछ । दुवै गुण सँगसँगै हुँदा मात्र दीर्घकालीन स्थायित्व, सामाजिक सुधार, कर्मचारी वा नागरिकको प्रेरणा र समग्र सफलता सम्भव हुन्छ ।

सारांशमा, नेतृत्व र व्यवस्थापनको गुणहरू एउटै व्यक्तित्व वा टोलीमा सन्तुलनमा रहँदा मात्रै संगठन, टोली वा राष्ट्रले आफ्नो लक्ष्य प्राप्त गर्न सक्छ, र चुनौतीपूर्ण परिस्थितिमा पनि निरन्तर प्रगति गर्न सक्षम हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?