ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
दसैँपछि तिहारको रौनक सुरु

महँगी नियन्त्रणमा ध्यान जाओस्

२२ आश्विन २०८२, बुधबार
२२ आश्विन २०८२, बुधबार

नेपालीहरूको सबैभन्दा ठुलो चाड विजयादशमी नेपालीहरूको घर आँगनबाट बिदा हुँदै गर्दा एकाएक उत्पन्न प्राकृतिक विपद्का कारण मुलुकले ठुलो क्षति बेहोरेको छ । अव विजयादशमीको समापनसँगै अर्को ठुलो उज्यालो पर्व तिहार आइपुगेको छ ।

यही बेला उत्पन्न प्राकृतिक विपद्का कारण मुलुकले ६० जना नागरिक गुमाएको छ । करोडौँ बराबरको धनमाल क्षति भएको छ । प्रभावित परिवार सरकारको राहतको प्रतीक्षामा छन् । यही बेला उपभोक्तामाथि महँगीको मार थपिएको छ ।

तिहार नजिक आउँदै गर्दा बजारमा महँगीले चुचुरो छुने अवस्था छ । बजारमा महँगीको भयावह अवस्था सुरु भैसकेको छ । यद्यपि यो हरेक वर्ष निरन्तर हुन्छ । यो बर्षपनि त्यही भएको छ । उपभोक्ता किनमेलका लागि बजार जान सक्ने अवस्था छैन ।

तरकारीदेखि दैनिक खाद्यान्नमा महँगीले सीमा नाघेको छ । पछिल्लो समय उपभोग्य बस्तुको मूल्यमा चमत्कारी रूपमा वृद्धि भएको छ । बजारमा तरकारीको मूल्य एक महिनायता तेब्बर वृद्धि भएको छ । सरकारी संयन्त्रले बजार अनुगमनको औपचारिकता गर्छन् ।

सबैलाई थाहा भएकै कुरा हो – यस्ता अनुगमन मौसमी हुन । केवल औपचारिकताका लागि गरिने अनुगमनबाट जनतालाई कुनै प्रकारको राहत हुने अवस्था छैन । जहिलेपनि र जहाँ पनि उपभोक्ता नै ठगिने अवस्था कायमै छ । जब चाडपर्व आउँछन् अनि सुरु हुन्छ मौसमी अनुगमन ।

केवल अनुगमन गर्ने, सामानको मिति हेर्ने र मिति सकिएको भए मिति सकिएको छ भनेर पसलेलाई जानकारी दिने बाहेक अनुगमनले परिणाम दिन सकेको छैन । उपभोक्तालाई अहिले महँगीबाट राहत दिनुपर्ने छ ।

त्यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस् । एकातर्फ बिजयादशमीसंगै दिपावली नजिक आएकोले बजार महंगी बढेको छ । त्यसो त उपभोक्ता भन्छन्– अनुगमन गर्दैमा मूल्य कम हुने होइन ।

जे होस वर्षमा एक पटक भए पनि सरकार र पालिकाहरूले बजार अनुगमन गर्ने गरेका छन् र अनुगमनको औपचारिकता पूरा गर्दै आएका छन् । बजारमा अहिले म्याद नाघेका, मूल्य सूचि उल्लेख नभएका तथा मिसावट भएका खाद्य सामाग्रीको बिगबिगी छ ।

नयाँ सरकारको ध्यान अहिले बजार र महँगीतर्फ भन्दा पनि अन्यत्र मोडिएको बेला उपभोक्तामाथि भार थप्ने काममा बिचौलियाको दह्रो आँखा गएको छ । पछिल्लो समय बजारमा झनै विकृति बढेको छ । त्यसो त नेपालमा खाद्यवस्तुमा धेरै–थोरै मिसावट हुनु र म्याद गुज्रिएका वस्तु पाइनु नौलो कुरा होइन ।

जहाँबाट भए पनि उपभोक्तामाथि शोषण, दमन र उत्पीडनका काम भइरहेका छन् । यतिसम्मकी नाम चलेका कम्पनीबाट उत्पादित वस्तु तथा सामग्रीको अवस्था पनि त्यही छ । विक्री नहुँदा गोदाममा थन्किएका बस्तुको रिपेकेजिङ गर्ने र अर्को मिति राखेर बजारमा पठाउने काम रोखिएको छैन ।

प्याकेटमा बन्द खाद्यवस्तुको समस्या सबैभन्दा बढी छ । अनुगमनका क्रममा पानी, दूध, दुग्धजन्य पदार्थ, माछा–मासु, चामल, दाल, खाने तेल, पास्ता, दालमोठ, भुजिया, चाउचाउ, बिस्कुट, चक्लेट, मिठाइ र मिठाइजन्य पदार्थ, चियापत्ती, कफी, पेय पदार्थ, मदिरासहित विभिन्न प्रकारका ड्राइफुड खानयोग्य नभएको, मिसावटको मात्रा अधिक रहेको, गुणस्तरको नामोनिसान नरहेको पाइनुले वास्तवमा उपभोक्ताको स्वास्थ्यमाथि हरेक क्षेत्रबाट प्रहार भइरहेको बुझ्न सकिन्छ ।

अर्को विडम्वना के छ भने कतिपय अवस्थामा अनुगमन टोलीले पूर्व सूचना दिएका आधारमा समेत विक्रेताले त्यस्ता वस्तु गायव गरेको समेत बेला बेलामा सार्वजनिक हुने गरेका छन् ।

अतः अनुगमन प्रभावकारी हुन नसकेको अवस्थामा मूल्य सूचिको विषयमा पनि अनुगमनकर्ताले ध्यान दिनु जरुरी छ । उपभोक्ता चर्को महँगीबाट आक्रान्त छन् । पछिल्लोपटक मुलुकमा देखिएको प्राकृतिक विपत्तीबाट प्रभावित उपभोक्तालाई राहत दिने र आउँदै गरेको दोश्रो ठुलो चाड तिहार राम्रोसंग मनाउने वातावरण सिर्जना गर्नेतर्फ ध्यान जाओस् ।

सरकारले सवै कुरा गरिदेओस् भन्दा पनि कठिन घडीमा सामाजिक संघ संस्था, स्थानीय पालिका, टोल विकास संस्था, उपभोक्ता बादी संस्थाहरू अहिले बढी जिम्मेवार बन्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?