© २०२३
काठमाडौँ, २२ असोज ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अखिलले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दर्ता गर्ने तयारी गरेको छ ।
जेन–जी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी भएको आरोपमा उनीहरूविरुद्ध कानुनी कारबाही अघि बढाउने अखिलले जनाएको छ ।
अखिलका महासचिव दीपक धामीका अनुसार आन्दोलनका क्रममा अदालत, प्रहरी चौकी र अन्य सरकारी संरचनामा तोडफोड र आगजनी भएको भएकाले त्यसको जिम्मेवारी निश्चित गर्न देशभरका जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरिने छ ।
यसअघि मंगलबार अखिलले काठमाडौँ जिल्ला प्रहरी परिसरमा जाहेरी दर्ता गर्न खोजेको थियो, तर प्रहरी प्रशासनले तत्काल दर्ता नगरी सरकारी वकिल कार्यालयसँग छलफल गर्ने निर्णय गरेको थियो ।
प्रहरीले सो विषयमा २४ घण्टाभित्र औपचारिक जवाफ दिने आश्वासन दिएको अखिलले जनाएको छ ।