ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ

पर्यटक पर्खिँदै संसारकोट सिमसार

२१ आश्विन २०८२, मंगलवार
२१ आश्विन २०८२, मंगलवार
नवलपरासी, २१ असोज । 
आन्तरिक पर्यटकको रोजाइमा अहिले चुरे पहाडको फेदमा अवस्थित संसार कोट सिमसार क्षेत्र बन्दै गएको छ ।  सिरानमा चुरे पर्वत शृङ्खला, हरियालीले परिपूर्ण, मनमोहक दृश्यले आन्तरिक तथा बाह्य पर्यटक समेतलाई संसार कोट सिमसार क्षेत्र पर्यापयटकिय स्थल पर्यटकको मन लोभ्याउन थालेको हो ।
केही वर्षदेखि जिल्लाको बर्दघाट नगरपालिकाले संसार कोट पर्यटकीय क्षेत्रको रूपमा चिनाउँदै पर्यटन क्षेत्रको विकासका लागि जैविक पर्यटकीय पूर्वाधार बनाउने कार्य गर्न थालेको थियो ।
बर्सेनि थपिँदै गएको पर्यटन पूर्वाधारसँगै प्रचार प्रसारले यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक प्राकृतिक सुन्दरताको दृश्यावलोकन गर्न पुग्न थालेको स्थानीयले बताए । संसार कोट सामुदायिक वन क्षेत्र भित्रका जलाशयहरूलाई सिमसार क्षेत्रको रूपमा विकास गर्ने र त्यसलाई पर्यटकीय गन्तव्य बनाउन जैविक पूर्वाधार थप्ने कार्य गर्न थालेको हो ।
चुरे क्षेत्रको यो सिमसार पर्यटन क्षेत्रले नेपालकै समग्र चुरे क्षेत्रलाई उदाहरण प्रस्तुत गरेको उक्त स्थानको अवलोकन गर्न पुगेका उद्योग वाणिज्य सङ्घ नवलपरासीका अध्यक्ष ओम प्रकाश अग्रहरीले बताए । ‘धेरै वर्ष पहिला सुनेको थिए,’ उनले भने–‘अहिले प्रत्यक्ष अवलोकन गरियो, सुन्दरताको अनुभव पनि गरियो ।
कार्य व्यस्तताले तनावमा बाच्ने जो सुकै ब्यक्ति एक पटक यहाँ आएपछि सिमसारको सुन्दरताले तनाव बिर्सने र सुख आनन्दको अनुभूति गर्ने अवसर प्रदान गर्ने उनको भनाइ थियो ।
चुरे पर्वतको फेदमा यस्ता स–साना खोला खोल्सीलाई व्यवस्थित गरियो भन्ने पर्यापर्यटनको आकर्षण क्षेत्र बन्दो रहेछ, उनले उत्साह ब्यक्त गरे ।
तराईको सिरान र चुरे पर्वतको फेदमा रहेको यो सुन्दरता पहाड र तराई जोड्ने अवसर प्रदान गर्छ । सिमसार बनाई संरक्षणले चुरे पर्वतीय क्षेत्रलाई मात्रै संरक्षण गर्दैन, उनले भने, यो सिमसारले चुरे तराईको जमिनलाई जलपुनरभरण (रिचार्ज) गरिनुका साथै तराईमा दीर्घकालीन जलश्रोतको अनुपम वरदान बन्ने छ ।
यो अवधारणा बनाई सिमसार विकासमा लाग्ने सम्पूर्ण निकायलाई उनले कृतज्ञता समेत प्रकट गरेका थिए । विभिन्न नयाँ र रचनात्मक कार्य गर्दै आएको जिल्लाको बर्दघाट नगरपालिकाले पहाडी क्षेत्र संसार कोटलाई पर्यटन तथा पहाडी आर्थिक क्षेत्रको रूपमा विकास गर्ने कार्य गरी राखेको छ ।
लुम्बिनी प्रदेश सरकारले समेत सहयोग गर्दै आएको स्थानीयको भनाइ थियो । यसका लागि प्राकृतिक सौन्दर्ययतालाई नबिग्रिने गरी अति आवश्यक बाहेक अधिकांश पूर्वाधार जैविक हुने छ ।
नगर क्षेत्रको संसार कोट एक छुट्टै पहिचान बोकेको क्षेत्र रहेको छ । सुरु सुरुमा सोही क्षेत्रमा गिद्ध रेस्टुरेन्ट सञ्चालन गर्दै आएका स्थानीय यादव खनालले बाउन्नघोल सिमसार बनाउनु पर्ने अवधारणा ल्याएका थिए ।
गिद्ध रेस्टुरेन्टमा आउने गिद्ध सहित वन्यजन्तुका लागि बाह्र महिना पानीको स्रोतका लागि उनी सिमसार क्षेत्र बनाउनु पर्ने कुरा उठाउँदै आएका थिए ।
जलाशयमा बन्ने पुल, कलभर्ट समेत काठ र बाँसको प्रयोग गर्ने गरिएको छ । यसले जैविक विविधतालाई पनि मद्दत पु¥याउँछ । जङ्गल भित्र जलाशय, जलाशयलाई सिमसार र सिमसार भित्र जैविक पूर्वाधार थपेर पर्यटन पूर्वाधार बनाएर पर्यटन औद्योगिक क्षेत्र बनाएर आर्थिक विकासको योजना अनुसार काम भई रहेको छ ।
जलाशयले प्राकृतिक सौन्दर्ययता मात्रै नभई बन भित्रको वन्यजन्तुको बास स्थान बनाउनका लागि पनि जलको सुनिश्चितता चाहिन्छ । जैविक विविधताको आधारका लागि पनि जमिनसँग जल र जङ्गल हुन आवश्यक हुन्छ, यहीँ प्राकृतिकै उपहार हो । यहीँ उपहार हेर्न पर्यटक आउँछन् र रमाउँछन् ।
तराई मधेस र पहाड तिन वटै भूगोल जोडिएको बर्दघाट नगरपालिकाले क्षेत्रगत रूपमा साधन स्रोत र सामर्थ्यको अवस्था विश्लेषण गरी योजनबद्ध तरिकाले काम गर्दै आउने क्रममा पहाडी क्षेत्रलाई पनि आर्थिक क्षेत्रसँग जोडिन सकिने आधार तयार गर्दै आएको छ ।
सो क्षेत्रमा पूर्वाधारको पहुँच पुर्‍याउन काम गरेको छ । नगरको सन्तुलित विकास गरेर मात्र नगर समृद्ध हुने मान्यता राखेर नगरपालिकाले काम गर्दै आएको छ ।
नगरपालिकाका नगरप्रमुख सम्भुलाल श्रेष्ठ र उपप्रमुख रुद्रप्रकाश उपाध्याय समेतले कहिले सँयुक्त र कहिले आ–आफ्नो विषयसँग सरोकार राख्ने क्षेत्रको नियमित अनुगमन,परिचालन गर्नुका साथै सबै जनप्रतिनिधि र जनतालाई विकासमा जुट्न उत्प्रेरित समेत गर्दै आएको जनाएका थिए ।
चुरेदेखि तराई मधेस जोड्ने बर्दघाट नगरपालिका पूर्व गण्डकी प्रदेशसँग सीमा जोडिएको प्रदेश हो । नेपालकै मध्य भागमा रहेको बर्दघाट नगरपालिकामा पूर्वाधार विकास, सामाजिक, सांस्कृतिक विकाससँगै उद्योग, कृषि, पर्यटनलाई उत्तिकै महत्त्वका साथ काम गरिहरेको छ ।
संसार कोट नगर क्षेत्रको सिरान नै हो । यस क्षेत्रमा साधन स्रोत पु¥याएर संरक्षण र विकास गर्न सकिएमा जिल्लाकै लागि एक पर्यटकीय स्थल बन्ने सम्भावना पनि छ । तराईको गर्मी छल्न एकै छिनमा पहाडको शीतल हावापानीमा पुग्न सकिन्छ ।
सो क्षेत्रको विकासका लागि सङ्घीय र लुम्बिनी प्रदेश सरकारसँग पनि बजेट कार्यक्रम माग गरिँदै आएको छ । नगरपालिकाले समेत आफ्नो स्रोत पनि परिचालन गर्दै आएको छ ।
विगतका जनप्रतिनिधिले पनि संसार कोटलाई महत्त्वका साथ नै काम गरेका थिए । अहिले हालका जनप्रतिनिधिले पनि त्यसलाई निरन्तरता दिँदै काम गर्न अग्रसर देखिएका छन् । यसले गर्दा केही वर्षमा नगरपालिकाको सिरान संसार कोटमा आवागमन सहज हुने विश्वास लिएका छ ।
यो जिल्लाकै लागि एक पर्यटकीय गन्तव्य बन्ने विश्वास अध्यक्ष अग्रहरीले ब्यक्त गरेका थिए । सो क्षेत्रमा सडक, विद्युत्, सञ्चार, खानेपानी लगायतका पूर्वाधार विकासमा नगरपालिकाले प्राथमिकता दिएर नै काम गर्दै आएको छ ।
नगरपालिकाको चाहना र सोच अनुसार अन्य क्षेत्रबाट पनि सहयोग जुट्दै गएमा संसार कोट वास्तवमा एक नयाँ अनुभूति गर्ने स्थलको रूपमा विकास हुने उनको भनाइ थियो ।
दाउन्ने डाँडा स्थित पूर्वपश्चिम राजमार्गको वैकल्पिक सडकको रूपमा भुताहा संसार कोट हुँदै आमबास भएर दम्किबास जाने सडकले पनि उक्त सिमसार पर्यटकीय क्षेत्रले जोडिने हुँदा उक्त सडकलाई चलायमान बनाउन सकिए देश विदेशका पर्यटकको गन्तव्य बन्नेमा उनले विश्वास ब्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?