© २०२३
काठमान्डौ, २१ असोज ।
जलवायु तथा विपद् विशेषज्ञ डा. धर्मराज उप्रेतीले आगामी बुधबारपछि धान भित्र्याउन अनुकूल समय सुरु हुने बताएका छन् ।
उनका अनुसार बुधबारदेखि नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिने सम्भावना रहेको छ, जसका कारण धान काट्न र भित्र्याउन अनुकूल मौसम रहने अनुमान गरिएको छ ।
आउँदो बुधवारदेखि मनसुन बाहिरिने र तत्काल पश्चिमी वायुको समेत प्रभाव नहुने अनुमान गर्दै उनले तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको बताए ।