© 2026
काठमाडौं, २१ असोज ।
जेनजी युवाका नेता सुदन गुरुङले आफूहरू कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास नगर्ने उल्लेख गर्दै जेनजीको नाममा आपराधिक गतिविधि नभड्काउन सबैलाई आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा जारी गरेको संदेशमा सुदनले भनेका छन्, ‘हामी कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास गर्दैनौं । हाम्रो नाम प्रयोग गरी अपराधिक गतिविधिहरू भडकाइँदैछ ।’
उनले यस्ता कार्यमा संलग्न हुनेहरूले कानुन बमोजिम कडा सजाय भोग्नुपर्ने पनि चेतावनी दिएका छन् । साथै, उनले बताए– ‘हाम्रो आन्दोलन सधैं शान्तिपूर्ण नै थियो र रहनेछ, त्यसैले त्यस्ता कार्यमा संलग्न नहुन र हुन नदिन सबैलाई अनुरोध गर्दछौं ।’