© २०२३
दशैंपछि खुलेको सेयर बजारमा आज ठूलो गिरावट आएको छ । नेप्से परिसूचक ५८.५५ अंक (२.१९ प्रतिशत) ले घटेर २६०४ अंकमा सीमित भएको छ । आज कुल ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
समग्रमा १६ कम्पनीको मूल्य बढ्दा २३५ कम्पनीको मूल्य घटेको छ भने एउटाको मूल्य स्थिर छ । सबै समूहका सूचकमा गिरावट आएको छ । विशेषगरी ‘अन्य’ समूह सबैभन्दा धेरै ४.८३ प्रतिशतले घटेको छ, जसमा नेपाल पुनर्बीमाको मूल्य भारी दरले घट्दा समूह बढी प्रभावित भएको हो ।
बैंकिङ १.३२%, विकास बैंक २.३८%, फाइनान्स १.१२%, होटल तथा पर्यटन २.७२%, हाइड्रोपावर २.७४%, लगानी १.९१%, जीवन बीमा १.८६%, उत्पादन तथा प्रशोधन १.८५%, माइक्रोफाइनान्स १.८७%, निर्जीवन बीमा २.०४%, र व्यापार १.१७% ले घटेका छन् ।
आज भूगोल इनर्जीको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । नेपाल पुनर्बीमाको मूल्य ८.५७%, माथिल्लो मैलुङखोलाको ७.२१%, र पन्चकन्या माइ हाइड्रोपावरको ६.८७% ले कमी आएको छ ।
त्यस्तै, आज ऋणपत्रमा लगानीकर्ताको ठूलो आकर्षण देखिएको छ । मूल्य धेरै बढ्ने शेयरहरूमा ऋणपत्रहरू अगाडि रहेका छन् । सेन्चुरी डिबेन्चरको मूल्य १०%, एनआईसी एसिया ऋणपत्र ९.११%, र स्टान्डर्ड चार्टर्ड डिबेन्चर ९% ले बढेका छन् ।
आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा युनियन हाइड्रोपावर, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, र सिनर्जी पावर डेभलपमेन्ट रहेका छन् ।