© २०२३
काठमाडौं ।
भारतसँगको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि अस्ट्रेलियाले टोली घोषणा गरेको छ ।
क्रिकेट अस्ट्रेलियाले ३ खेलको एकदिवसीय शृङ्खलाका लागि १५ सदस्यीय तथा ५ खेलको टी–२० शृङ्खलामध्ये पहिलो २ खेलका लागि १४ सदस्यीय टोली सार्वजनिक गरेको हो ।
दुवै टोलीको कप्तानी मिचेल मार्शले गर्नेछन् । एकदिवसीय टोलीमा तीव्र गतिका बलर मिचेल स्टार्क पुनः फर्किएका छन् । ब्याट्सम्यान म्याथ्यु शर्ट, म्याथ्यु रेनाशा र मध्यक्रमका मिचेल ओवेन पनि टोलीमा समावेश छन् ।
पहिलो दुई टी–२० खेलका लागि बलर नाथन इलिस र विकेटकिपर ब्याट्सम्यान पनि टोलीमा फर्किएका छन् । तर, न्युजिल्यान्डसँगको शृङ्खलाअघि चोटका कारण ग्लेन म्याक्सवेल यो सिरिजमा समावेश छैनन् ।
अस्ट्रेलिया र भारतबीचको एकदिवसीय शृङ्खला यही अक्टोबर १९ देखि पर्थमा सुरु हुनेछ । टी–२० शृङ्खला भने अक्टोबर २९ बाट क्यानबेरामा सुरु हुने तालिका रहेको छ ।