ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

सङ्कटमा ऐतिहासिक सरायँ नाच

२१ आश्विन २०८२, मंगलवार
२१ आश्विन २०८२, मंगलवार

गुल्मी, २१ असोज ।

गुल्मीका पुराना शक्ति पीठ, देवालय तथा मठ मन्दिर र सार्वजनिक स्थानहरू यति बेला बेलुकी अबेरसम्म पनि भरिभराउ बनेका हुन्छ । बडादसैँको अवसरमा यी स्थानहरूमा खेलिने सरायँँ नाचका कारण हजारौँ दर्शकहरू सराय नाच हेर्न र सराय खेल्नका लागि जाने प्रचलन छ ।

जिल्लामा पुर्खौँदेखि खेलिँदै आएको सराय नाचले परम्परागत संस्कृति र पौराणिक महत्वलाई जीवन्त बनाउँदै आएको छ । स्थानीय बुढापाकाका अनुसार सरायलाई देवीदेवताको पूजाआजा र युद्ध विजयको उत्सवको रूपमा मानिन्छ ।

नेपालको पश्चिमी क्षेत्र अन्तर्गत गुल्मी, अर्घाखाँची, पाल्पा र प्युठान लगायतका जिल्लाहरूमा सरायँँ नाच निकै लोकप्रिय रूपमा रहेको छ । विशेष गरी दसैँको एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म यो नाच नाचिने गरिन्छ ।

मन्दिरमा चढाइएको खुकुरी, खुँडा, तरबार र दसैँको बेलामा राखिएका जमराको माला र धोती पासा सहित एउटै पहिरनमा सजिएर सराय नाच प्रदर्शन गर्ने प्रचलन छ । मन्दिरमा राखिएका हतियारहरू निकालेर तिनै हतियारलाई घुमाउँदै एक आपसमा जोडिएर सराय नाच्ने गरिन्छ ।

बडादसैँको समयमा खेलिने सराय नाच जिल्लाको निकै पुरानो संस्कृतिको रूपमा चिनिन्छ । एकादशीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म जिल्लाका विभिन्न स्थानहरूमा हजारौँ मानिसहरू मेला हेर्न र सराय नाच्नका लागि घुँईचो लाग्ने गर्दछ ।

जिल्लाको मुसिकोटको छत्रदेवालय, जोगिथुम, बारुका, छत्रकोटको चोयँगा, मालिकाको अर्जै र घमिर, धुर्कोटको धुर्कोटकोट, इस्माको अमरपुर, रेसुङ्गाको सेउघा, गुल्मी दरबारको दरबार, लगायतका स्थानहरू सराय नाचका लागि निकै प्रख्यात स्थलहरूको रूपमा परिचित छन् ।

उक्त क्षेत्रमा हजारौँ मानिसहरूको जमघट हुने गर्दछ । गुल्मी लगायत जिल्ला बाहिर छिमेकी जिल्लाहरूबाट पनि यहाँको सरायँँ नाँच हेर्नका लागि आउने गर्दछन् ।
उक्त दिन स्वदेश तथा विदेशबाट दसैँ मनाउनका लागि घरमा आएको अवसरमा धेरै जना एकै ठाउँमा जमघट हुने र वर्षौँदेखिका पुराना आफन्त र साथीभाइहरू सँग पनि भेटघाट हुने भएका कारण मानिसहरूको बाक्लो उपस्थिति हुने गर्दछ ।

रुमाल र तरबार नचाएर एक आपसमा खुसी साटासाट गरेर सराय नाच नाचिन्छ ।  पछिल्लो समय पुराना पाका उमेर समूहका व्यक्तिहरूको देहवशान र युवाहरूको विदेश पलायनसँगै सरायँँ नाच सङ्कटमा पर्दै जान थालेको छ ।

जिल्लाको इस्मा गाउँपालिका, मुसिकोट नगरपालिका, छत्रकोट, मालिका, मदाने, चन्द्रकोट, गुल्मी दरबार लगायतका पालिकाका स्थानीय क्लब र युवाहरू मिलेर यसको संरक्षणमा जुट्न थालेका छन् ।

संस्कृतिको जर्गेनासँगै नयाँ पुस्तालाई सरायँ नाँचको महत्वबारे जानकारी गराउने उद्देश्यले गुल्मीका युवाहरूले परम्परागत संस्कृतिको जगेर्नामा लागेको मुसिकोट नगरपालिका–२ का स्थानीय देवबहादुर रायमाझीले बताए ।

नयाँ पुस्ताका कतिपय युवायुवती र बालबालिकाहरू जानी नजानी भए पनि हातमा रुमाल लिएर बाजाको तालसँगै सराय नाचमा झुम्मी रहेका हुन्छन् । पछिल्लो समयमा नयाँ पुस्ताले यसलाई खासै चासो नदिएको कारण पनि सराय नाच लोप हुने अवस्थामा पुग्न थालेको मालीका गाउँपालिका अर्जैका स्थानीय शोभाखर गिरी बताउँछन् ।

उनले पछिल्लो समय सराय खेल्ने भन्दा हेर्नेहरूको सङ्ख्या बढ्दै गएको बताए । गिरीले पुराना पुस्ताहरू सकिँदै जाँदा परम्परागत कला र संस्कृति पनि सङ्कटमा पर्दै गएको भन्दै यसको संरक्षणका लागि पुस्तान्तरण हुँदै जानुपर्नेमा जोड दिएका छन् ।

सराय नाच्दा देवी भगवती प्रसन्न हुने र मनोकामना पुरा हुने जनविश्वास समेत रही आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?