© २०२३
काठमान्डौ, २१ असोज ।
सुनको भाउमा आज फेरि नयाँ कीर्तिमान कायम भएको छ । आज सुनको भाउ तोलाको २ लाख ३५ हजार ४०० रुपैयाँ नाघेको छ । हिजोको भाउमा तोलाको २ हजार तीन सय रुपैयाँले बढेर आज सुनको भाउ तोलाको दुई लाख ३५ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको भाउमा भने आज कुनै परिवर्तन नभई यथावत् रहेको छ । आज चाँदीको भाउ २ हजार ९६० रुपैयाँमा कायम छ, हिजो पनि यही मूल्यमा कारोबार भएको महासङ्घले जानकारी दिएको छ ।