© 2026
सरकारले हालैको बाढी र पहिरोबाट घर गुमाएका नागरिकका लागि तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने निर्णय गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमार्फत सरकारले उक्त निर्णयको जानकारी गराएको हो ।
सरकारले बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई तत्काल राहत रकम उपलब्ध गराउने समेत जनाएको छ ।