ट्रेंडिंग:

>> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी

छिनछिनमा बत्ती गएपछि ऊर्जामन्त्री घिसिङद्वारा भार प्रेषण केन्द्रको अनुगमन

२१ आश्विन २०८२, मंगलवार
२१ आश्विन २०८२, मंगलवार

काठमान्डौ, २१ असोज ।

ऊर्जामन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणको भार प्रेषण केन्द्रको निरीक्षण गरेका छन् ।

काठमाडौंको स्युचाटारस्थित केन्द्रमा सोमबार साँझ पुगेर मन्त्री घिसिङले देशभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन, निर्यात स्थिति र बाढी–पहिरोबाट प्रभावित आयोजनाहरूको प्रभावबारे विस्तृत जानकारी लिएका हुन् ।

हाल देशका विभिन्न स्थानमा छिनछिनमा विद्युत् आपूर्तिमा अवरोध हुने गुनासो बढेको सन्दर्भमा प्राधिकरणका पूर्व–कार्यकारी निर्देशक समेत रहेका मन्त्री घिसिङले विद्युत् प्रणालीलाई अझ भरपर्दो, गुणस्तरीय, सुरक्षित र आधुनिक बनाउने लक्ष्यसहित अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीतिगत तथा प्रविधिक सुधारबारे छलफल गरे ।

उनले बाढी–पहिरोले क्षति पुर्‍याएका संरचनाको शीघ्र मर्मतसम्भार गरी प्रभावित क्षेत्रमा तत्काल विद्युत् सेवा पुनःसञ्चालन गर्न निर्देशन दिए । साथै, बारम्बार बत्ती जाने समस्याको तत्काल समाधानलाई उच्च प्राथमिकतामा राख्न र मातहतका कार्यालयहरूलाई सतर्क रहन आग्रह गरे ।

मन्त्री घिसिङले विद्युत् गृह, प्रसारण लाइन तथा सबस्टेसनहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न, मर्स्याङ्दी करिडोर २२० केभी र हेटौंडा–ढल्केवर ४०० केभी प्रसारण लाइनजस्ता महत्त्वपूर्ण पूर्वाधारमा विशेष ध्यान दिन, र आगामी हिउँदयामको विद्युत् आपूर्ति सन्तुलनका लागि अग्रिम तयारी गर्न निर्देशन दिएका छन् ।

अनुगमनका क्रममा प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाल र केन्द्रका निर्देशक चन्दन कुमार घोषले देशव्यापी विद्युत् उत्पादन, माग, आपूर्ति, निर्यात र प्रणाली सञ्चालनको अवस्थाबारे जानकारी प्रस्तुत गरे ।

कार्यकारी निर्देशक सिलवालले बाढी–पहिरोले क्षति पुर्‍याएका संरचनाहरूको मर्मत कार्य तीव्र गतिमा भइरहेको र सेवा बहालीका लागि प्राविधिक टोलीहरू तयारी अवस्थामा रहेको बताए ।

उनका अनुसार, हाल देशभित्रको खपतपछि बाँकी रहेको विद्युत् मध्ये दैनिक औसत एक हजार मेगावाट भारत र बंगलादेशमा निर्यात भइरहेको छ। चालू आर्थिक वर्ष २०८२ /८३ को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भइसकेको छ ।

प्राधिकरणका अनुसार भारतीय ऊर्जा एक्सचेन्जको डे-अहेड र रियल टाइम मार्केटमार्फत प्रतिस्पर्धी मूल्यमा विद्युत् बिक्री भइरहेको छ । साथै, द्विपक्षीय सम्झौताअनुसार हरियाणा र बिहार राज्यमा मध्यम अवधिको विद्युत् बिक्री भइरहेको छ ।

भारतको प्रसारण प्रणालीमार्फत बंगलादेशमा पनि दैनिक ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँमा र बंगलादेशसँगको व्यापार अमेरिकी डलरमा हुने भएकाले प्राधिकरणले दुवै मुद्रामा आम्दानी गरिरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणले हाल भारत र बंगलादेश गरी कुल १,१६५ मेगावाट विद्युत् निर्यात गर्न स्वीकृति पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?