© २०२३
काठमान्डौ, २१ असोज ।
नेपाल विद्युत् प्राधिकरणले साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँबराबरको विद्युत् निर्यात गरेको छ । देशभित्रको दैनिक खपत पछि बाँकी विद्युत् औसतमा दैनिक एक हजार मेगावाट निर्यात भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिएका छन् ।
उनका अनुसार, भारतीय ऊर्जा एक्सचेन्ज (आईईएक्स) को डे-अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा तथा द्विपक्षीय मध्यकालीन सम्झौताअनुसार हरियाणा र बिहारमा बिक्री भइरहेको छ । साथै, भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशमा पनि दैनिक ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ ।
विद्युत् व्यापार भारतीय रुपैयाँमा र बंगलादेशका लागि अमेरिकी डलरमा हुने भएकाले प्राधिकरणले निर्यातबाट दुई मुद्रामा आम्दानी गरिरहेको छ । हाल नेपाल विद्युत् प्राधिकरणले भारत र बंगलादेशमा गरी कुल ११६५ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको छ ।