© २०२३
काठमान्डौ, २१ असोज ।
सर्वोच्चसहित देशभरका अदालतहरू दसैँ बिदापछि आजबाट खुलेका छन् । घटस्थापनाको दिनदेखि बन्द रहेका अदालतहरू आजदेखि खुला भएका हुन् ।
जेनजी आन्दोलन र त्यसपछिको प्रदर्शनका क्रममा भएको तोड़फोड र आगजनीले सर्वोच्च, विशेष र जिल्ला अदालतहरूमा क्षति पुर्याएको थियो । यसअघि सर्वोच्चले बंदी प्रत्यक्षीकरण सुनुवाइ सुरु गरिसकेको छ ।
अदालतले घटस्थापना अघि अपराध अनुसन्धानका लागि नियन्त्रणमा लिइएका व्यक्तिलाई हिरासतमा राख्ने म्याद थप, कल डिटेल अनुमति, जरुरी पक्राउ पुर्जी स्वीकृति, पक्राउ पुर्जी अनुमति, बन्दी प्रत्यक्षीकरणको निवेदन, अभियोग पत्रसहित उपस्थित गराइएका प्रतिवादीहरूको बयान लिने र थुनछेक गर्ने गरी ६ प्रकारका कामहरू सञ्चालन गर्दै आएको थियो ।
अब, अदालतले दर्ता विवाह, अधिकृत वारेसनामा, मृत्युको न्यायिक घोषणा, संरक्षक नियुक्ति र विशेष प्रकृतिका निवेदनहरूको दर्ता तथा कारबाही गरी पाँच नयाँ सेवा थप गरेको अदालतले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।