Butwal Today

बीपी राजमार्ग बन्द भएपछि कुलेखानी मार्गमा सवारी चाप बढ्यो

२१ आश्विन २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

असोज १८ र १९ गतेको अविरल वर्षापछि पहिरो र नदी कटानका कारण बीपी राजमार्ग बन्द भएपछि पूर्वबाट कुलेखानी हुँदै काठमाडौं आउने सडकमा सवारीको चाप बढेको छ ।

दसैँ मनाएर घर फर्किरहेका यात्रु लामो जाममा परेर हैरान भएका छन् । साना सवारी साधन मात्र गुड्ने उक्त सडकमा टिपरसमेत गुडेपछि सडकमा अवरोध भएको हो ।

हाल भैंसे अगाडि करिब ५ किलोमिटर लामो जाम लागेको यात्रुले बताएका छन् । नियामक निकायले यात्रुले भोग्नुपर्ने समस्याप्रति ध्यान नदिँदा उनीहरू आक्रोशित बनेका छन् ।

टिपरहरूले पुरै सडक ढाकेर गुड्दा साँघुरो सडकमा सवारी साधनहरू घण्टौंसम्म जाममा फस्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?