Butwal Today

बालेन र सुदनविरुद्ध किटानी जाहेरी दर्ता गर्न प्रहरीमा जाँदै अखिल

२१ आश्विन २०८२, मंगलवार
अ+
अ-

 काठमाडौं, २१ असोज ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल’ अभियानका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिन लागिएको जनाएको छ ।

अनेरास्ववियुका महासचिव दीपक धामीका अनुसार केहीबेरमै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गर्न उनीहरू जाने तयारीमा छन् ।

‘तोडफोड, आगजनी र प्रहरी हत्या गरिएको घटनामा उजुरी दिन लागेका हौँ । केहीबेरमा जान्छौँ,’ धामीले भने ।

गत भदौ २४ गते काठमाडौंमा जेनजी आन्दोलनका क्रममा संसद, सिंहदरबार र विभिन्न प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो ।