© २०२३
काठमाडौं, २१ असोज ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल’ अभियानका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिन लागिएको जनाएको छ ।
अनेरास्ववियुका महासचिव दीपक धामीका अनुसार केहीबेरमै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गर्न उनीहरू जाने तयारीमा छन् ।
‘तोडफोड, आगजनी र प्रहरी हत्या गरिएको घटनामा उजुरी दिन लागेका हौँ । केहीबेरमा जान्छौँ,’ धामीले भने ।
गत भदौ २४ गते काठमाडौंमा जेनजी आन्दोलनका क्रममा संसद, सिंहदरबार र विभिन्न प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो ।