© २०२३
सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकमा गजेन्द्र ठाकुर नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा १८ महिनादेखि प्रवक्ताको रूपमा कार्यरत सहसचिव ठाकुरलाई असोज १२ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयअन्तर्गत सरुवा गरेको थियो ।
त्यसअघि उनी उद्योग मन्त्रालयमा कार्यरत थिए भने त्यसअघि नै उनी सम्पत्ति शुद्धीकरण विभागमै महानिर्देशक (डीजी)को जिम्मेवारीमा थिए । नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्सको ग्रेलिस्टबाट हटाउने महत्त्वपूर्ण जिम्मेवारी दिँदै उनलाई पुनः विभागको नेतृत्वमा ल्याइएको हो ।