© २०२३
काठमान्डौ, २० असोज ।
जेनजी आन्दोलनको क्रममा प्रहरीसँग विवादमा देखिएका एकजना युवा आफ्नै आमाको बीभत्स हत्या गरेको आरोपमा धादिङमा पक्राउ परेका छन् ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेल जिरेले ५५ वर्षीया आमाको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालका अनुसार यमबहादुरले आइतबार राति धारिलो हतियार प्रयोग गरी आमाको हत्या गरेका थिए ।
घटनास्थलबाट हतियारसहित यमबहादुरलाई नियन्त्रणमा लिइएको र घटनापछि गाउँ नै स्तब्ध बनेको प्रहरीले जनाएको छ ।
यमबहादुर भदौ २३ र २४ गतेका जेनजी आन्दोलनका भिडिओहरूमा धेरै भाइरल भएका थिए । सो भिडिओमा उनीले “‘मेरो आँखामा डर छ, मलाई गोली हानेर मार्नुस्, म यो देश रोएको देख्न सक्दिन’” जस्ता अभिव्यक्ति दिएका थिए । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।