© 2026
गुल्मी, २० असोज ।
सुख्खा पहिरोका कारण अवरुद्ध मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी‐तम्घास सडकखण्ड सञ्चालनमा आएको छ ।
उक्त सडकखण्ड अन्तर्गत सोमबार बिहान रुरुक्षेत्र गाउँपालिका ‐३ स्थीत पानीटंकी नजिकै सडक माथिबाट खसेको सुख्खा पहिरोका कारण सडक अवरुद्ध बनेको थियो ।सडक निर्माण कम्पनी र रुरुक्षेत्र गाउँपालिकाको सहयोगमा डोजर र स्काभेटरको माध्यमबाट सडकमा थुप्रिएको चट्टान सहितको पहिरो पन्छाएपछि उक्त सडक पूर्णरुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक गंगा बहादुर सारुले बताएका छन ।
मुख्य सडक अवरुद्ध बनेपछि सोमबार बिहान सदरमुकाम तम्घास भित्रीने र बाहिरिने सम्पूर्ण सवारी साधनहरु रुरुक्षेत्र ‐३ को पानी टंकीदेखि सालबिसौनाको वैकल्पीक सडक प्रयोग गरि सवारी साधनहरु सञ्चालनमा ल्याईएको थियो ।