Butwal Today

शिवराजमा राजस्वको छापा, २३ बोरा कपडा बरामद

२० आश्विन २०८२, सोमबार
अ+
अ-

चन्द्रौटा, २० असोज ।

कपिलवस्तुमा राजस्व अनुसन्धान कार्यालय बुटवलले छापा मार्दै २३ बोरा कपडा बरामद गरेको छ । सोमबार दिउँसो करिब १ बजे शिवराज नगरपालिका-५, कटहनियाको एक घरमा छापा मारी कपडा बरामद गरेको हो ।

विशेष सुराकीका आधारमा राजस्वको एक टोलीले उक्त घरमा छापा मारेको थियो । छानबिनका क्रममा घरभित्र लुकाएर राखिएको अवस्थामा कपडा फेला परेको राजस्व अनुसन्धान कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख सुवास श्रेष्ठले बरामद गरिएको कपडाको बजार मूल्य र स्रोतबारे अनुसन्धान भइरहेको बताए । उनका अनुसार राजस्व छलीको आशङ्कामा कपडा नियन्त्रणमा लिएको र संलग्न व्यक्तिमाथि कानुनअनुसार कारबाही अघि बढाइनेछ ।