ट्रेंडिंग:

>> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत

ओलीले प्रयोग गरेका सामाजिक सञ्जाल प्रयोग नगर्ने प्रधानमन्त्री कार्कीको निर्णय

२० आश्विन २०८२, सोमबार
२० आश्विन २०८२, सोमबार

काठमान्डौ, २० असोज ।

परम्पराअनुसार प्रधानमन्त्री पदबाट बिदा लिँदा अघिल्ला प्रधानमन्त्रीले प्रयोग गर्दै आएका सामाजिक सञ्जालका युजरनेम र पासवर्ड नयाँ प्रधानमन्त्रीलाई हस्तान्तरण गरिन्छ । कारण, ती अकाउन्टहरू सरकारका आधिकारिक सम्पर्क माध्यमका रूपमा मानिन्छन् ।

तर, जेनजी युवा आन्दोलनबाट सत्तामा पुगेकी प्रधानमन्त्री सुशीला कार्कीले भने अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गर्दै आएका सामाजिक सञ्जाल अकाउन्टहरू प्रयोग नगर्ने निर्णय गरेकी छन् । उनले फेसबुक, एक्स (ट्विटर) र इन्स्टाग्राममा नयाँ अकाउन्ट खोलेकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव एवम् प्रवक्ता रविलाल पन्थले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री कार्कीले प्रयोग गर्ने नयाँ अकाउन्टको युजरनेम अघिल्ला प्रधानमन्त्रीहरूले प्रयोग गर्दै आएकोभन्दा फरक रहेको छ ।

विज्ञप्तिमा उल्लेख अनुसार, अघिल्ला प्रधानमन्त्रीहरूले एक्समा @PM_nepal  ह्याण्डल प्रयोग गर्दै आएका थिए भने प्रधानमन्त्री कार्कीले अबदेखि एक्स  ह्याण्डल @pmsushilakarki प्रयोग गर्ने भएकी छन् ।

प्रधानमन्त्री कार्यालयका अधिकारीहरूका अनुसार यो निर्णय प्रधानमन्त्री कार्कीको इच्छाअनुसार गरिएको हो ।

प्रधानमन्त्री कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनालका अनुसार पुरानो अकाउन्ट प्रयोग गर्दा अघिल्ला प्रधानमन्त्री ओलीका गतिविधि र सामग्रीहरू देखिने भएकाले नयाँ अकाउन्ट सञ्चालन गरिएको हो ।

खनालका अनुसार ओलीको सचिवालयले केवल एक्स (ट्विटर) अकाउन्ट मात्र हस्तान्तरण गरेको छ, त्यो पनि आइतबार मात्रै । फेसबुक र इन्स्टाग्राम अकाउन्ट भने अझै हस्तान्तरण भएको छैन । त्यसैले ती दुवै प्लेटफर्ममा नयाँ अकाउन्ट खोलिएको उनले बताए ।

हाल प्रधानमन्त्री कार्कीको सचिवालयसँग ओलीको सचिवालयले चलाउँदै आएको @PM_nepal र नयाँ खोलिएको @pmsushilakarki दुवै एक्स अकाउन्टमा पहुँच छ । तर दैनिकरूपमा नयाँ अकाउन्ट नै प्रयोग भइरहेको खनालले बताए ।

उनका अनुसार नयाँ अकाउन्टमा प्रकाशित सरकारी सूचनाहरू आवश्यकतानुसार पुरानो अकाउन्टबाट पनि रिट्वीट गरिने गरिएको छ । फेसबुक र इन्स्टाग्राम पेज सञ्चालनसम्बन्धी प्राविधिक समन्वयको काम भइरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?