© २०२३
काठमाडौँ ।
लाङटाङ क्षेत्रमा ट्रेकिङका क्रममा बाढी/पहिरोका कारण फसेका १२ जनाको उद्धार गरिएको छ । नेपाली सेनाको श्रीनाथ गणसहितको सुरक्षाकर्मी टोलीले उनीहरूलाई आज दिउँसो रसुवाको स्याफ्रुबेशी ल्याएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजु शाहले जानकारी दिए ।
गत असोज १७ गते ८/८ जनाको दुई समूहमा १६ जना लाङटाङ ट्रेकिङका लागि गएका थिए । तीमध्ये १२ जनाको सकुशल उद्धार गरिएको हो ।
उनीहरूमध्ये ४ जनालाई भने ट्रेकिङका क्रममा बेरिङ खोलाले बगाएको थियो । हाल उनीहरू बेपत्ता छन् भने खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक शाहले बताए ।
बेपत्ता हुनेहरूमा भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ की संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, सङ्गीता श्रेष्ठ र भक्तपुर नगरपालिका–१० का रवि श्रेष्ठ रहेका छन् । उनीहरू गोसाइँकुण्ड गाउँपालिका–४ बाट शनिबारदेखि बेपत्ता भएका हुन् ।