© २०२३
काभ्रेपलाञ्चोक, २० असोज ।
काभ्रेमा रोशी खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । तेमाल गाउँपालिका–८ की ५७ वर्षीया डोल्मो तामाङको रोशी खोलाले बगाएर ज्यान गएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख, प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।
प्रहरीका अनुसार खोलामा आएको बाढीले आफ्नो खेत बगायो कि भन्ने हेर्न गएकी तामाङलाई खोला तर्ने क्रममा पानीले बगाएको थियो । स्थानीयले खोलाबाट उनको शव निकालेर सर्जिवन (प्राथमिक उपचार) गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि हिजो मात्रै काभ्रेपलाञ्चोककै रोशी क्षेत्रमा सुक्खा पहिरोसँगै खसेको ढुंगाले लागेर एक महिलाको मृत्यु भएको थियो ।