© २०२३
काठमान्डौ, १९ असोज ।
पछिल्लो १२ घण्टामा कोशी प्रदेशका झापा र इलाम क्षेत्रमा भारी वर्षा भएको छ । काठमाडौँमा आइतबार बिहानदेखि वर्षा रोकिएको छ भने पूर्वतिर मनसुनी वर्षा प्रभावित बनिरहेको छ ।
शुक्रवार र शनिबार परेको वर्षाले पश्चिम नेपालबाहेक देशका अन्य क्षेत्रमा जनजीवन प्रभावित भएको थियो । आज मौसम बदली भई मनसुनी वायुको प्रभावले पूर्वी नेपाल थप प्रभावित बनाइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागको बुलेटिनअनुसार, आज दिनभर कोशी प्रदेशका अधिकांश भाग, मधेस प्रदेश र बागमती प्रदेशका केही भागमा वर्षा हुने सम्भावना छ ।
पछिल्लो १२ घण्टामा सबैभन्दा बढी वर्षा इलामको सूर्योदयमा २४२.६ मिलिमिटर मापन भएको छ । झापाको बाहुन डाँगीमा १९५.४, इलाम टि–स्टेटमा १७८.४, अर्नाबारी बिर्तामा १३४ र चन्द्रागढी एयरपोर्टमा १२५.४ मिलिमिटर वर्षा मापन गरिएको छ ।