© २०२३
काठमान्डौ, १९ असोज ।
वर्षा रोकिएसँगै काठमाडौँको नागढुंगामा रोकिएका सवारी साधनलाई धादिङतर्फ पठाउने काम सुरु भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार, पहिलो चरणमा १०० वटा सवारी साधनलाई गन्तव्यतर्फ पठाउन लागिएको हो ।
साथै, पृथ्वी राजमार्गमा परेको अवरोध हटाउने काम पनि जारी रहेको छ । यातायात सुचारु गर्न सुरक्षा निकाय र सम्बन्धित पक्षले तत्काल आवश्यक कार्य अघि बढाइरहेका छन् ।