ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

परम्परागत मेलामा कुनै पनि चन्दा वा कर असुल्न नपाइने

१९ आश्विन २०८२, आइतबार
१९ आश्विन २०८२, आइतबार

सल्यान, १९ असोज ।

कोजाग्रत पूर्णिमाको अवसरमा लाग्ने सल्यानको सबैभन्दा ठूलो कुमाख मेलामा कुनै पनि चन्दा वा कर असुली गर्न नपाइने भएको छ । सिद्ध कुमाख गाउँपालिकाले आफ्नो क्षेत्रभित्र लाग्ने मेलामा कुनै पनि व्यक्ति, समूह वा संस्थाले कुनै नाममा चन्दा वा कर असुल नगर्न अनुरोध गरेको छ ।

यदि कसैले गाउँपालिकाको निर्णय विपरीत चन्दा वा कर असुल गर्ने कार्य गरेको पाइएमा सम्बन्धित व्यक्तिले तुरुन्तै गाउँपालिकामा जानकारी गराउन पनि आग्रह गरिएको छ । विगतका वर्षहरूमा स्थानीय क्लब, समूह वा मेला व्यवस्थापन समितिका नाममा स्थानीय व्यापारीहरूसँग चन्दा वा कर असुल गरेको गुनासोहरू प्राप्त भएको भन्दै गाउँपालिकाले यस वर्ष कडाइ गरेको हो ।

गाउँपालिका अध्यक्ष भरत गिरी, उपाध्यक्ष रामबहादुर बस्नेत र प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कंडेलले संयुक्त रुपमा आइतबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेका हुन् । परम्परागत कुमाख मेलालाई सभ्य, सुसंस्कृत र भव्य ढङ्गले मनाउन पालिकाले सर्वसाधारणमा अनुरोध गरेको छ । गाउँपालिकाले देशभर बाढी, पहिरो लगायतका विपद्का कारण जनधनको क्षति भइरहेको सन्दर्भमा विशेष सावधानी अपनाउँदै मेलामा सहभागी हुन पनि आग्रह गरेको छ ।

जिल्लाकै दोश्रो अग्लो लेकको रुपमा परिचित कुमाखमा कोजाग्रत पूर्णिमाको दिन लाग्ने मेला यहाँको सबैभन्दा ठूलो र ऐतिहासिक मेला मानिन्छ । यस मेलामा जिल्लाका विभिन्न ठाउँ तथा छिमेकी जिल्लाबाट समेत श्रद्धालु एवं दर्शकको बाक्लो उपस्थिति रहने गर्दछ । परम्परागत नृत्य, गीत, सांस्कृतिक प्रस्तुति तथा स्थानीय उत्पादनको व्यापार, व्यवसाय यसको प्रमुख आकर्षण हुने गर्दछ ।

गाउँपालिकाले मेलाको महत्वलाई जोड दिँदै स्थानीय उत्पादित वस्तुहरूको प्रदर्शन र व्यापारलाई प्रोत्साहन गर्न, परम्परागत नाचगान, कला र संस्कृतिको संरक्षणमा जोड दिएको छ । सिद्धकुमाख गाउँपालिकाले मेलालाई सांस्कृतिक एकताको प्रतीक र स्थानीय पहिचानको उत्सवका रूपमा मनाउन सबैमा आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?