© २०२३
काठमान्डौ, १९ असोज ।
काठमाडौँ उपत्यकाको मुख्य नाका नागढुंगाबाट रात्रिकालीन बसहरू साँझ ५ बजेभित्र बाहिरिसक्नुपर्ने भएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार वर्षा रोकिएसँगै नागढुंगा नाकाबाट बाहिरिने रात्रिबसहरूलाई सञ्चालनको अनुमति दिइएको छ । तर, सबै रात्रिबसहरू अनिवार्य रूपमा साँझ ५ बजेभित्र नाकाबाट बाहिरिसक्नुपर्ने व्यवस्था गरिएको उनले बताए ।
यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौँले लगातारको वर्षापछि टोखा, नागढुंगा र फर्पिङ नाका एकतर्फी सञ्चालन गर्ने निर्णय गरेको थियो । अहिले पनि साँगा हुँदै विपी राजमार्गतर्फ जाने सवारी साधन सञ्चालनमा आएका छैनन्, ट्राफिक कार्यालयले जनाएको छ ।