© २०२३
काठमान्डौ, १९ असोज ।
सशस्त्र प्रहरी बल, नेपालले मनसुन र सम्भावित विपद्का लागि आफ्ना हरेक युनिटबाट ३५ जनाको फौज तयारी अवस्थामा राखेको छ । बलका वरिष्ठ उपरीक्षक दिग्विजय सुवेदीका अनुसार, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल पूर्ण तयारीमा रहेको छ ।
मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८२ अन्तर्गत नेपालभर सात हजार ६१५ जनालाई स्ट्याण्डबाइ राखिएको छ । यसमा १ सय ३५ जना गोताखोर र ३ हजार ९ सय जनाले विपद् व्यवस्थापन तालिम प्राप्त गरेका छन् ।
देशभरका विभिन्न स्थानमा ३३ वटा मोटरबोट, ९६ वटा र्याफ्टिङ बोटसहित कुल १२९ वटा बोट विपद्को जोखिम भएका क्षेत्रमा तैनाथ गरिएको छ । साथै, एक लाख ६८ हजार ६ सय ९५ जना विपद् सूचकहरूसँग पनि समन्वय गरिएको छ । ९ सय ९० जना तालिम प्राप्त समुदाय विपद् स्वयंसेवकहरूसँग समेत समन्वयात्मक रूपमा उद्धार कार्य भइरहेको छ ।
काठमाडौँ, रौतहट, झापा र इलाममा उद्धार कार्य जारी रहेको छ । काठमाडौँको बल्खुस्थित बागमती आसपास बसोबास गर्ने सय जना सुकुम्बासीहरूलाई सुरक्षा कारणले जनविकास मावि बल्खुमा स्थानान्तरण गरिएको उपरीक्षक सुवेदीले जानकारी दिए ।