© २०२३
काठमाडौं, १९ असोज ।
मेची करिडोर अन्तर्गत तीन स्थानका पुल बाढीले बगाएको छ । केचना–कञ्चनजंघा सडकखण्डमा पर्ने माईखोलाको बेलासे पुल, पुवा खोलाको पुल र जोगमाई पुल बाढीका कारण पूर्णरूपमा क्षतिग्रस्त भएका हुन् ।
इलाम नगरपालिका–११ स्थित बेलासेमा माईखोला माथि निर्माण गरिएको पक्की पुल करिब पाँच वर्षअघि मात्रै बनेको थियो । बाढीले सो पुल क्षतिग्रस्त बनाएपछि सो क्षेत्रबाट सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ ।
यसबाहेक, मेची राजमार्ग पनि पहिरोका कारण अवरुद्ध बनेको छ । इलाम र पाँचथर जिल्लामा पर्ने मेची राजमार्गका ३० भन्दा बढी स्थानमा सानो–ठूलो पहिरो खसेपछि यातायात पूर्ण रूपमा बन्द भएको हो ।