ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

‘विपत्तिको घडीमा राहत र उद्धारमा जुटौँ’ 

१९ आश्विन २०८२, आइतबार
१९ आश्विन २०८२, आइतबार

शुक्रवार रातिदेखि परेको अविरल वर्षापछिको विपदमा परि आइतबार साँझसम्म  ५२ जनाको ज्यान गएको छ । तीन दिनको मनसुनजन्य विपद्बाट इलाममा सबैभन्दा धेरै ३७ को ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

अझै कति नागरिक सम्पर्कविहीन भएका छन् । उनीहरूको खोजी छिटो गर्नु आवश्यक छ । भारी वर्षापछिको बिपदमा परि एक दर्जन पुल क्षतिग्रस्त बनेका छन् । समस्यामा परेकाहरूको उद्धारका लागि जोखिमयुक्त ठाउँ ठाउँमा सुरक्षा निकाय, स्थानीय स्वयंसेवकहरू परिचालन गरिएको छ ।

अझै पनि पूर्वी नेपालमा जोखिमको अवस्था छ । नेपालबाट भारी पानी पार्ने प्रणाली बाहिरिए पनि जोखिम अझै कायमै रहेको भन्दै सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले देशभर जारी अविरल वर्षा र त्यसबाट उत्पन्न बाढी पहिरो तथा डुबानको खतराबाट सजग रहन अपिल गर्नुभएको छ ।

साथै उहाँहरूले सङ्कटको यो घडीमा सिङ्गो देश बिपद प्रभावितहरूको साथमा रहेको भन्दै पीडित परिवारलाई सहानुभूति प्रकट गर्नुभएको छ । विपदमा धैर्यतापूर्वक चुनौतीको सामना गर्नु हामी सबैको कर्तव्य हो । साथै यो विपत्तिको घडीमा शीघ्र उद्धार र राहतका लागि राज्यदेखि नागरिक सबै स्तरबाट खटिनुपर्ने अवस्था आएको छ ।

भारी वर्षाका कारण देशको पूर्वी क्षेत्रमा जनजीवन बढी प्रभावित बनेको छ । इलाम सबैभन्दा बढी प्रभावित भएको छ । काठमाण्डौं उपत्यकामा समेत बाढीले सुकुम्वासी बस्तीका स्थानीयलाई अन्यत्र जान बाध्य पारेको छ । देशका धेरै राजमार्ग अवरुद्ध हुँदा विगत तीन दिनदेखि यात्रुहरू समस्यामा परेको सर्वविदितै छ ।

अव पहिरो र बाढीका कारण मानवीय क्षति बेहोरेका परिवारलाई तत्काल राहत र पुनर्स्थापनाको खाँचो छ । स्थानीय रेडक्रस र पालिकाहरूले प्रभावित परिवारलाई राहतको व्यवस्थापन गरे पनि अव दिगो व्यवस्थापनको खाँचो छ ।

हरेक वर्ष बाढी पहिरोको यही भयानक रूप दोहोरिइरहने भएकोले अव प्रकोप पूर्वको सचेतताका विषयमा नजर अन्दाज गर्नुहुँदैन भन्नेतर्फ हामी सबैको ध्यान जानै पर्दछ । घरबारविहीन भएका परिवार, मृतक परिवार, डुबानमा परेका खेतबारीहरू र प्रियजनहरू गुमाउनु परेको वा घाइते भएकाहरूको यो हृदय विदारक पीडा समग्र राष्ट्रको साझा चिन्ता हो ।

यो विपत्तिमा राज्यका सबै तहहरू, राजनीतिक तथा सामाजिक संस्थाहरूको शक्ति एकीकृत रूपमा युद्ध स्तरको उद्धार, राहत र पुनर्स्थापनामा केन्द्रित हुनु अत्यावश्यक छ । प्रकृतिको यो प्रकोप हाम्रो साझा राष्ट्रिय दुःखको घडी हो । सङ्कटको यो कठिन समयमा सरकार तत्काल राहत सामग्रीको वितरण, सुरक्षित आश्रय स्थलको व्यवस्था र स्वास्थ्य सेवाको प्रभावकारी सञ्चालनमा गम्भीर हुनु जरुरी छ ।

पीडित परिवारहरूलाई खाद्यान्न, औषधि, कपडा तथा आर्थिक सहायता तुरुन्त उपलब्ध गराइयोस् । हामी सबै नेपालीहरू आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर यो विपत्तिलाई एकजुट भएर सामना गर्नुपर्दछ । घाइते भएकाहरूलाई निःशुल्क औषधी उपचारको व्यवस्था गर्नेतर्फ सरकारको ध्यान जाओस् ।

नागरिकको सुरक्षाको जिम्मा सरकारको भएकोले सरकारले प्रकोपबाट उत्पन्न विषम परिस्थितिको प्रभावकारी व्यवस्थापन गर्नु जरुरी छ । प्रकोप भएपछि त्यसको रोकथाम र नियन्त्रणको भन्दा पनि प्रकोप अगावैको सचेतता जरुरी छ ।

यो वर्ष मनसुन बाहिरिन समय लाग्ने भएकोले बाढी पहिरोको जोखिमका बिच सचेतता अपनाउने तर्फ ढिलाइ नहोस् । प्रभावित परिवारलाई सरकारले तत्काल राहत उपलब्ध गराओस् । धनजनको क्षति हुँदा मानिस आत्तिनु स्वाभाविक हो, तर यसलाई स्वीकार गरेर मनोवैज्ञानिक रूपमा आफूलाई बलियो बनाउनेतर्फ पीडित परिवारको ध्यान जाओस् । जे होस सरकारको पूर्व सतर्कताले ठुलो मानवीय क्षति रोकिएको छ ।

सरकारको पूर्व तयारीले पनि धेरै क्षति रोक्न सकिन्छ भन्ने विपद्को घटनाले पुष्टि गरेको छ । सरकार धन्यबादको पात्र भएको छ । अव सरकारको ध्यान घाइते भएकाहरूको उपचार, राहत र पुनर्स्थापनामा जाओस् । पीडित परिवारलाई सरकार भएको अनुभूति दिलाउन सुशीला कार्की नेतृत्वको यो सरकार सफल होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?