Butwal Today

नेपालको विपत्प्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री मोदी : भारत जुनसुकै सहयोग गर्न तयार छ

१९ आश्विन २०८२, आइतबार
अ+
अ-

काठमाडौं,१९ असोज । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा शुक्रबार र शनिबार परेको अविरल वर्षापछि भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत मोदीले नेपालमा भएको जनधनको क्षति पीडादायी भएको भन्दै आवश्यक परे भारतले सहयोग गर्न तयार रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘एक मैत्रीपूर्ण छिमेकी र पहिलो प्रतिक्रियाकर्ताको रूपमा, भारत आवश्यक पर्ने कुनै पनि सहयोग प्रदान गर्न प्रतिबद्ध छ ।’ प्रधानमन्त्री मोदीले यस कठिन समयमा भारत नेपालका जनता र सरकारसँगै रहेको पनि उल्लेख गरेका छन् ।

‘हामी यस कठिन समयमा नेपालका जनता र सरकारको साथमा छौं,’ उनले भनेका छन् । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण अहिलेसम्म ४९ जनाको मृत्यु भइसकेको छ ।

देशभरका धेरै राजमार्ग अवरुद्ध हुनेगरी परेको वर्षा आज भने केही कम भएको छ । विभिन्न स्थानका सडकहरू खुलाउने काम भइरहेको प्रशासनले जनाएको छ ।